टाइगर श्राफ र ताराबीच लसपस ! दिशा पटानी तनावमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ भाद्र २०७५, सोमबार ०५:२९

काठमाडौं।  बलिउड अभिनेता टाइगर श्राफ र दिशा पटानी एक अर्काको साथमा समय विताइरहेका हुन्छन् । उनीहरुले एकअर्काबीचको प्रेम सम्बन्धलाई सार्वजनिक रुपमा स्वीकार भने गरेका छैनन् । उनीहरुको निकटताका कारण यि दुवै एकअर्काको गहिरो प्रेममा रहेको कुरा छिपेको छैन । तर अहिले भने यि दुवैबीचको सम्बन्धमा केही समस्या आएको बताइएको छ ।

टाइगर श्राफ अहिले छायांकन भैरहेको उनको फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ की अभिनेत्री तारा सुतारियासँग छोटो समयमै नजिक भइरहेका छन् । यही निकटता अभिनेत्री दिशा पटानीलाई चित्त नबुझेको बताइन्छ । उता अभिनेत्री तारा सुतारियाका प्रेमी रोहन मेहरा पनि तारा र टाइगरको बढ्दो निकटताका कारण तनावमा छन् ।

टाइगर र तारा भेट हुँदा त एकअर्काको साथमा रमाइलो गर्छन् नै, भेट नहुँदा पनि फोनमार्फत च्याट गरिरहेका हुन्छन् । भर्खरै चर्चित फेशन डिजाइनर मनिष मल्होत्राले आयोजना गरेको पार्टीमा समेत टाईगर र तारालाई एकअर्काको साथमा रमाइलो गरिरहेका खबर विभिन्न मिडिया आएका थिए ।

केही दिन अगाडि टाइगर श्राफ र दिशा पटानी डिनरका लागि साथमा गएका थिए । यि दुवै एकअर्काको साथमा निकै खुशी देखिएका थिए । तर अहिले टाइगर र ताराबीचको बढ्दो मित्रताले दिशालाई दुःखि बनाएको छ ।

अभिनेत्री तारा सुतारिया ७ वर्षको उमेरदेखि गायन क्षेत्रमा संलग्न छिन् भने फिल्म ‘स्टुडेण्ट अफ द इयर २’ मार्फत बलिउडमा डेब्यू गरिरहेकी छिन् । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१