गाडी गुडाएरै बैंकक जान बाटो खोल्ला ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० भाद्र २०७५, आईतवार १५:०८

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रहरुबीच यातायात तथा पारवहन सम्झौताको तयारी भएको लामै समय बित्यो । यस्तो सम्झौता गर्न सहमति भइसके पनि अझै पारवहन प्रोटोकल टुंगिन बाँकी छ ।युरोपियन युनियनको नक्कल गर्दै प्रस्ताव गरिएको प्रोटोकलमा लामो समयदेखि छलफल भइरहेको छ । यो सम्झौता ठोस सहमति भएर कार्यान्यवनमा कहिलेबाट जान्छ भन्ने अन्योल कायमै छ । यसपटक पनि प्रोटोकलका विषयमा छलफल भने हुने भएको छ ।बिमस्टेकको शिखर सम्मेलनको पूर्वसन्ध्यामा काठमाडौंमा यातायात तथा पारवहन सम्झौताको प्रोटोकलबारे छलफल गर्न संयुक्त कार्यटोलीको बैठक बस्दैछ । बैठकको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागीले गर्नेछन् ।

बिमस्टेक राष्ट्रका बीचमा हुने पारवाहन प्रोटोकलको ड्राफ्ट बनिसकेको छ । मंगलबार काठमाडौंमा बस्ने कार्यटोलीको बैठकमा नेपालले प्रोटोकलको मस्यौदामाथि आफ्नो टिप्पणी राख्नेछ । अन्य देशले पनि मस्यौदामाथि आफ्ना धारणा र मागहरु राख्नेछन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१