नेपाल बिद्यालय रग्बी आयोगको प्रथम साधारणसभा सम्पन्न,अध्यक्षमा अधिकारि र उपाध्यक्षमा ढुंगाना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० भाद्र २०७५, आईतवार ०५:३८

काठमाडौँ । नेपाल बिद्यालय रग्बी आयोगको प्रथम साधारणसभाले दिपक अधिकारिको अध्यक्षतामा १३  सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।

उपाध्यक्षमा मुकुन्द कुमार ढुंगाना , सचिवमा शिब अर्याल , कोषाध्यक्षमा हेमा गुरुङ रहेका छन् । सदस्यमा नारायण रोक्का, अम्बिका ओली, विनोद बुढाथोकी, शिवकृष्ण कवा, दूतराज तामाङ, इन्द्र लामा, कमल ज्ञवाली र खिम गुरुङ  सदस्यमा निर्विरोध चयन भए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वमन्त्री हितबहादुर तामाङले यस खेलबारे देशका सातै प्रदेशका जनतालाई जानकारी गराउन सुझाव दिँदै देशभर रहेका रग्बी खेलका खेलाडीलाई एकीकृत गरी अगाडि बढनुपर्नेमा जोड दिए ।

नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि समेत रहेका तामाङ र सघका केन्द्रीय अध्यक्ष टंकलाल घिसिङले  प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रममा हालै निर्बाचित नेपाल तान डोरी संघका केन्द्रीय अध्यक्ष भवानी प्रसाद पौडेल र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीलाई सफल कार्यकालको बधाई तथा शुभकामना ब्यक्त गरिएको थियो  ।

कार्यक्रममा एम्नेष्टि इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष सुर्य बहादुर अधिकारि,मनोज अधिकारि विभिन्न संघसस्थाका प्रमुखहरुको सहभागी रहेको थियो  ।

भिडियो हेर्नुस :

https://www.facebook.com/rastriyakhabar/videos/695854174084691/

के हो रग्बी खेल ? 

घासको मैदान १३ खेलाडिहरुको दुई टीमद्वारा खेलिने खेल हो। रग्बी फुटबल फ्रान्चमा धेरै खेलिने खेलमा पर्छ। स्पेन र फ्रान्चमा यसको गहिरो परम्परागत सम्बन्ध गासिएको छ। १९औं सताब्दीमा अंग्रेजहरुले भित्राएकाले रग्बी दक्षिण अफ्रीकामा पनि धेरै लोकप्रिय खेल मानिन्छ। साथै वेलायतको उपनिवेशका कारण यो खेल अस्ट्रेलिया र न्यूजल्याडमा पनि त्यती नै प्रख्यात छ। यसको लोकप्रियताको आधारमा यो खेल नौ स्थानमा रहेको र करिव ४१ करोड मानिसहरुले यो खेललाई रुचाउने गर्दछन्।

कार्यक्रमको फोटो :

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१