अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा राधेश्याम लेकाली निर्वाचित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० भाद्र २०७५, आईतवार ०४:५६

काठमाडौँ  ।  साहित्यकार राधेश्याम लेकाली अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अध्यक्ष पदमा निर्वाचित भएका छन् । अमेरिकी समय अनुसार शुक्रवार राती सार्वजनिक गरिएको मत परिणाम अनुसार राधेश्याम लेकाली अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)  को अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनले ५७० मत उनका निकटतम प्रतिद्वन्द्वी साहित्यकार गोवर्द्धन पूजाले ३५९ मत ल्याएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को १३ औँ कार्यसमितिको बुधवार, बिहीबार र शुक्रवार गरी तीन दिन सम्म मतदान चलेको थियो ।

दुई बर्से कार्यकालका लागि शुक्रवार सम्पन्न भएको निर्वाचनमा अमेरिका क्षेत्रको उपाध्यक्षमा शान्तिराम ढकाल, महासचिव पदमा गणेश घिमिरे अस्ट्रेलिया, सचिवमा लाल गोपाल सुवेदी अमेरिका, सदस्यहरूमा सानु घिमिरे अस्ट्रेलिया, लक्ष्मी राई बेलायत र अग्नि प्रसाद पराजुली भारी मतको अन्तरले निर्वाचित भएका छन् ।

यस अघि वरिष्ठ उपाध्यक्ष पदमा प्रकाश पौडेल ‘माइला’, उपाध्यक्षहरू भीमसेन सापकोटा, निशा अर्याल, सुनिल संगम र कोषाध्यक्ष पदमा विकास विष्ट निर्विरोध निर्वाचित भैसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१