४ कोठे भवन र छात्रामैत्री सौचालय खर्चको सार्वजनिक सुनुवाइ सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० भाद्र २०७५, आईतवार ०४:५१

श्री सकला देबि मा.बि. देबचुली न.पा. ५ कदमपुरमा जागृती बाल तथा युवा सरोकार नेपाल र इन्डिको चिल्ड्रेन फन्ड,KANALLAN को आर्थिक सहयोगमा निर्माण भएको ४ कोठे भवन र छात्रामैत्री सौचालय को सार्वजनिक सुनुवाइ कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष तिलप्रसाद पाठक ज्यु को सभापतित्वमा जागृती बाल तथा युवा सरोकार नेपालका संरक्षक होम नाथ जैसी ज्युको प्रमुख आतिथ्य, दे.न. पा. १-५ का वडा अध्यक्ष ज्युहरु र JCYCN का सदस्य तथा युवा अभियान्ता दिपक शर्मा, राजु चापागाईं, बिश्वास लामिछाने समेतको उपस्थितिमा खर्च तथा आम्दानी सार्वजनिक गरिएको हो । जागृती बाल तथा युवा सरोकार नेपाल ४ कोठे पक्की भवन निर्माणका लागि ल५३००००० सहयोग गरेको थियो भने बिधालय को आन्तरिक स्रोत बाट समेत गरि जम्मा ५९२५७११ खर्च सार्वजनिक भएको छ । सबै क्षेत्र बाट भौतिक आर्थिक सहयोग गर्नु हुने सबैलाई विशेष धन्यवाद ग्यापन गर्दै बिद्यालय का पुर्व विद्यार्थी तथा युवा अभियान्ता बिश्वास लामिछाने ले अबका दिनमा शैक्षिक गुणस्तरमा बिशेश ध्यान दिएर नमुना बिधालय बनाउन सबैले प्रण गर्नु पर्ने बताउनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१