अर्नाको प्रजाति विस्तार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ भाद्र २०७५, शुक्रबार १४:२५

कोशीबाट स्थानान्तरण गरी चितवनमा ल्याइएका अर्नाको वंश विस्तारमा चितवन राष्ट्रिय निकुञ्जलाई अर्को सफलता मिलेको छ ।निकुञ्जको पूर्वी क्षेत्रअन्तर्गत पुरानो पद्मपुरको खुला खोरमा राखेर संरक्षण गरिएका अर्नाले अर्को बच्चा जन्माएपछि प्रजाति विस्तारमा अर्कोे सफलता मिलेको हो । यसअघि गत साउन ३१ गते एउटा अर्नाले पाडी जन्माएको थियो । खुला खोरमा १० अर्ना रहेकामा एउटा पाडो थपिएपछि ११ पुगेको छ । रोगब्याधी र बाघको आक्रमणलगायत कारणले यसअघि छ अर्ना मरेका थिए ।सरकारको विसं ०७१ को निर्णयअनुसार विसं ०७३ को माघ १२ देखि २८ गतेसम्म १६ दिनको अन्तरालमा यहाँ १५ अर्ना ल्याइएको थियो । तत्कालीन समयमा पाँच भाले र १५ पोथी गरी २० अर्ना ल्याउने निर्णय भए पनि १५ वटा मात्रै ल्याइएको थियो । कोशी टप्पुबाट दुई भाले र १० पोथी गरी १२ तथा सदर चिडियाखाना ललितपुरबाट एक भाले र दुई पोथीसहित तीन अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । खोर बढाएर यहाँ २० देखि ३० अर्ना पु¥याउने योजना निकुञ्जको छ । झुण्डमा हिँड्न थालेपछि भने बाघले पनि आक्रमण गर्न नसक्ने भएकाले त्यसपछि मात्रै खुलाखोरबाट जङ्गलमा छाड्ने योजना निकुञ्ज विभागको छ ।उक्त निकुञ्जमा सन् १९६० देखिनै अर्ना रहेकामा पछि लोप भएको भनाइ छ । निकुञ्ज बनेपछि भने यहाँ अर्ना थिएन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१