गोसाइँकुण्डमा भक्तजनको ओइरो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ भाद्र २०७५, शुक्रबार ११:०७

भदौ १० गते लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेलाका लागि भक्तजनको ओइरो लाग्न थालेको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार उक्त मेला भर्न बिहीबार साँझसम्म दुई हजारभन्दा बढी भक्तजनको आगमन भइसकेको छ । यस वर्षको मेलामा १५ हजार भक्तजनले गोसाइँकुण्डको स्नान गर्ने अपेक्षा गरिएकोे गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विष भगवान् शङ्करले पिएर घाँटीमा पु¥याएपछि भएको छटपटी शान्त पार्न निलाद्री पर्वतमा पुगेर त्रिशूल बजारी निकाल्नुभएको पवित्र जलले पानीको प्यास मेट्नुका साथै त्यही जलले बनेको कुण्डमा विराजमान रहनुभएकाले प्राणी जगतलाई बचाउन भगवान् शिवको संझनामा दर्शनार्थी वर्षेनी गङ्गादशरामा १० दिन र भाद्र शुल्क पूर्णिमा अर्थात् जनैपूर्णिमा पर्वका अवसरमा पाँच दिन हजारौँ भक्तजन उक्त कुण्डमा स्नान तथा गर्न जाने गर्छन् ।कुण्डमा स्नान गर्न जाने भक्तजनका लागि बास र भोजनको व्यवस्था गर्न स्थानीय व्यवसायी र उपचारका लागि हिमालय उद्धार सङ्घ, सक्षम नेपाल, अक्सफोर्ड युनिभर्सिटी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल रेडक्रस सोसाइटी रसुवा शाखा र लाङलाङ राष्ट्रिय निकुञ्जका कालिजङ्ग गणका चिकित्सक खटेका गोसाइँ क्षेत्र विकास समितिले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१