विश्वकै उदाहरण बनिन् यी मन्त्रि ! गर्भवती हुँदा पनि साइकल चलाएरै अस्पताल भर्ना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ भाद्र २०७५, सोमबार १३:४२

वेलिङ्टन, न्यूजिल्यान्डकी महिला मन्त्री   जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना हुनुभएको छ । साइकलप्रेमी ग्रीन पार्टीकी सांसद गेन्टरले साइकलबाट घरदेखि एक किलोमिटर टाढाको अकल्यान्ड सिटी अस्पतालसम्म यात्रा गरी प्रसूतिका लागि भर्ना हुनुभएको थियो । “मेरा पति र म साइकलबाटै अस्पताल आएका थियौं, तर मलाई कुनै अप्ठ्यारो भएन,” साइकलको तस्वीर सहित सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ ।

गेन्टर अहिले ४२ हप्ताकी गर्भवती हुनुहुन्छ । उहाँले महिला मन्त्रीको कार्यभार मात्र नभई यातायात मन्त्रालयको समेत कार्यभार सम्हाली रहनुभएको छ । उहाँ दिगो यात्राका अभियन्ता पनि हुनुहुन्छ । उहाँको ग्रीन पार्टीकी एकजना प्रवक्ताले सोमबार साँझसम्म उहाँको बच्चा जन्मिएको छैन, तर उहाँ प्रतिक्षारत हुनुहुन्छ । घटना गत जुनमा मात्र न्यूजील्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डेन प्रसूति बिदापछि नियमित काममा फर्केको केही हप्तापछि नै भएको छ । गत वर्ष निर्वाचित आर्डेन पदमै रहँदा बच्चा जन्माउने विश्वमै दोस्रो वरिष्ठ कार्यकारी हुनुभएको थियो । विगतमा सन् १९९० मा पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोले पदमै रहँदा बच्चा जन्माउनुभएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१