पौडी खेलाडी गौरिका अब ‘कान्छी’ रहिनन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ भाद्र २०७५, सोमबार ११:५४

नेपाली। पौडी खेलाडी गौरिका सिंह १५ वर्षकी भइन्। दुुई वर्षअघि ब्राजिलको रियो दी जेनेरियोमा भएको ओलम्पिकमा सहभागी हुुँदा उनी १३ वर्षकी थिइन्। त्यतिबेला उनी रियोमा सहभागी हुने कान्छी खेलाडी थिइन्। जसका कारण उनी विश्वभरिको मिडियामा छाएकी थिइन्। तर, जकार्तामा जारी १८औं एसियाडमा भने उनी कान्छी खेलाडी भइनन्। एसियाडमा उनीभन्दा कम उमेरका खेलाडी सहभागी छन्।आफ्नै देशबाट उनको ‘कान्छी’ खेलाडीको पदावधि त टिसा शाक्यले नै खोसिसकेकी थिइन् तर उनीभन्दा पनि कान्छा खेलाडी सहभागी छन्।इन्डोनेसिायकी स्केटबोडर खेलाडी एलिका नोभेरी नौ वर्षकी मात्र छिन्। आफूभन्दा कम उमेरका धेरै खेलाडी एसियाडमा सहभागी भएकाले उनी उत्सुुक भएको बताउँछिन्।

एसियाडमा गौरिकाको ‘कान्छी’ उपनाम इन्डोनेसिायकी ९ वर्षीया स्केटबोडर खेलाडी एलिका नोभेरीले खोसे पनि उनीसँग उत्सुक भएर तस्बिर खिचाउने लर्कोचाहिँ लागेको छ।उनले पहिलोपटक एसियाडमा सहभागिता जनाएकी हुन्। एसियाडभन्दा पहिले नै उनले ओलम्पिक खेल्ने अवसर पाएकी थिइन्। उनले पौडीको विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाइन्।सन् २०१५ को अप्रिलमा उनले राष्ट्रिय च्याम्पियनसिपको तयारी गरिरहँदा नेपालमा भूकम्प आएको थियो । उनी लन्डनमा बसेर एसियाडको तयारीमा लागे पनि नेपाली टिमसँग भिज्न भनेर केही दिनअघि उनी जकार्ता आइपुुगेकी हुन्।यतिबेला भिलेजमा रियो ओलम्पिककी कान्छी खेलाडी गौरिकासँग फोटो खिच्ने पनि छन् । उनी दुई वर्षको हुुँदा उनका अभिभावक बेलायत गएका थिए । उनले एसियाडमा ५० मिटर, १०० मिटर र २०० मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन्। उनले आफ्नो प्रदर्शन सुुधार गर्ने बताएकी छन् । त्यसका लागि मिहिनेत गरेको उनको दाबी छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१