दमकमा आज अशोक दर्जीको घर हस्तान्तण कार्यक्रम हुदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ भाद्र २०७५, सोमबार ११:२७

झापा।  यूटुब बाट अत्यािधिक चर्चामा अाएका अशाेक दर्जीकाे घर निर्माण समितिले अाज दमकमा बिभिन्न सेलिब्रेटीकाे उपस्थितीमा अशाेक दर्जीकाे परिवारलाइ घर हस्तान्तण गर्ने कार्यक्रम रहेकाे छ । उक्त कार्यक्रममा अशाेक दर्जीका साथै बरिस्ठ हास्यकलाकार हरिबंस अाचार्य ,नयक सबिन श्रेष्ठ,निर्देशक साेभित बस्नेत ,पत्रकार ऋषिधमला,गायक तथा संगीतकार टंक बुढाथाेकी ,बाल गायक ए.अार.बुढाथाेकी,साथै डि.जे.रूपककाे उपस्थितीमा बिभिन्न पस्तुती रहेकाे कुरा टंक बुढाथाेकीले खबरअार्ट नेपाललाइ जानकारी दिए ।

अशाेक दर्जीकाे उक्त घर “मन बिनकाे धन ठुलाेकी धन बिनाकाे मन ठुलाे” गीत बाट अाएकाे यूटुब रेभिन्यु लगायत देश-बिदेसमा गरिएकाे सांगीतिक कार्यक्रम तथा अनेकाै सहयाेगी मनहरूबाट दिएकाे सहयाेगमा गायक तथा संगितकार टंक बुढाथाेकी,डि.जे. रूपक,प्रिन्सिपल दिपक न्याैपाने,घर निर्माण संयाेजक पुर्ण वाइबा लगात अन्य धेरैकाे पहलमा निर्माण सम्पन्न भएकाे हाे ।

एउटा फिल्मको सुटिङको क्रममा एकजना क्यामरा मेनले उनको गायकी मन पराएर फेसबुक लाइभ गरेका थिए। प्रतिभाकाे खाेजीमा निस्किएका भाग्य न्याैपाने (तात्ताताे खबर)काे अन्तरर्बाता भिडियाे,त्यस पछि (उर्लाबारी फाेकस टि.भी.)ले अन्तरर्बाता लियाे यिनै भिडियो भाइरल भएर अशोक दर्जी सबैमाझ चिनिए । यो देखेपछी डि.जे. रुपक (सापकोटा) ले यति राम्रो कलालाइ मार्नु हुदैन र यतिकै छाड्यो भने अन्य भाइरल ब्यक्ती जस्तै छिट्टै आउने र उसैगरी चाडै हराउने सम्भावना हुन्छ ।त्यसैले यो कलालाइ गोड्मेल गर्यो भने धेरै माथी पुर्याउन सकिन्छ भनेर काठमाडौ गित रेकर्डिङका लागि सबै खर्च आफैले बेहोरेर चर्चित गायक तथा संगीतकार टंक बुढाथोकी सम्म पुर्याएका थिए र टंक बुढाथोकीले अशोक दर्जिको कलालाइ बुझेर गित पनि रेकर्ड भयाे । “मन बिनाको धन ठूलो कि धन बिनाको मन” उक्त गितले सबै दर्शक श्राेताकाे मन जित्न सफल मात्र भएन यूटुवमा नेपालकाे सबै गितको रेकर्ड तोड्दै नयाँ रेकर्ड राख्न पनि सफल भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१