थाइल्याण्डमा सिइआे लिडर अवार्ड २०१८ बाट ढकाल सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ भाद्र २०७५, सोमबार ०५:३९

काठमाडौं। बान थाई रेस्टुरेन्टका म्यानेजिङ डाइरेक्टर गणेश ढकाल थाइल्याण्डमा सिइओ लिडर अवार्ड २०१८ बाट सम्मानित भएका छन् ।

थाईल्याण्ड र थाई खानालाई नेपालमा सम्मान गरेको भन्दै तोनबोन भिजा फाउन्डेसनले ढकाललाई थाईल्याण्डमा सम्मान गरिएको हो ।

आफ्नो अवार्ड सम्पूर्ण नेपाली र लुम्बिनीको प्रचारमा टेवा पुर्याउने कडीका रुपमा सावित भएको समेत जनाएका छन् ।

यसका साथै, नेपालमा थाइल्याण्डका पर्यटकको संख्या बृद्वि गर्नमा थाई खानाका परिकारले समेत उल्लेख्य भुमिका खेलेको भन्दै उनले यो सम्मान नेपाल र नेपाली सबैका लागि प्रेरणा बन्ने विश्वास ब्यक्त गरेका छन् ।

अन्तराष्ट्रिय स्तरका पुरस्कार तथा अवार्डले युवापुस्तामा आफ्नै देशको पर्यटन क्षेत्रमा लगानी गर्न मद्त गर्नेमा आफू विश्वस्त रहेको समेत जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१