काक्रोको सेवनले बुढ्यौलीपन रोक्न सक्छ !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ भाद्र २०७५, सोमबार ०५:१६

एजेन्सी । खानालाई स्वास्थ्यबर्धक बनाउनका लागी काक्रोलाई अनिवार्य जस्तै मानिन्छ । विभिन्न अध्ययनहरुले पनि कांक्रोमा विभिन्न किसिमका तत्व हुने पुष्टि गरिसकेका छन् । काक्रोमा भएको एन्टीडाएबेटिक र एन्टी अक्सिडेन्ट तत्वले छाला सम्बन्धी समस्याबाट बचाउनुको साथै कब्जियतको समस्या पनि हल गर्ने बताईन्छ । हामीले यहाँ काक्रो खानुका केहि फाइदाहरुबारेमा चर्चा गरेका छौं ।

शरीरमा पानीको कमी हुन दिदैन
कांक्रोमा ९५.२ प्रतिशत पानी हुने गर्दछ जसका कारण यसले शरीरमा पानीको मात्रा पुरा गर्नको लागि प्रशस्त मात्रामा कांक्रोको सेवन पनि गर्न सकिन्छ ।

मस्तिष्क स्वस्थ राख्छ
कांक्रोमा फिसेटिन नामक तत्व हुन्छ । जसले मस्तिष्कलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यो तत्वले बढ्दो उमेरमा मस्तिष्कमा देखिने रोगहरूको जोखिम पनि कम गराउँछ । साथै बढ्दो उमेरमा देखिने अलजाइमरको जोखिमलाई घटाउँछ ।

मुटु स्वस्थ राख्न
कांक्रोमा पोटाशियमको मात्रा पनि प्रशस्त हुन्छ । जसले उच्च रक्तचाप हुनबाट जोगाउँछ ।

बुढ्यौलीपन रोक्न
कांक्रोमा छाला चाउरिनबाट रोक्ने तत्व हुने भएकाले यसलाई सिधै पनि प्रयोग गर्न सकिन्छ । छाला चाउरिनबाट रोक्ने सौन्दर्य प्रसोधनका सामानमा कांक्रोको प्रयोगलाई अनिवार्य जस्तै मानिन्छ ।

क्यान्सरको जोखिम कम
कांक्रोले शरीरमा अनावश्यक रुपमा बढ्दै गएको कोषलाई रोक्ने गर्छ । जसले शरीरमा हुनसक्ने क्यान्सरको जोखिम घटाउँछ ।

दुखाई पनि कम गर्छ
‘जर्नल अफ योङ फार्मासिष्ट’मा प्रकाशित एक अनुशन्धान रिर्पोट अनुसार कांक्रोलाई परम्परागत रुपमा टाउको दुखाई क मगर्ने औषधिको रुपमा प्रयोग गरिन्थ्यो ।

श्वास गनाउनबाट मुक्त
मुखमा भएको ब्याक्टेरियाले श्वास गनाउने गर्छ । कांक्रो लगायतका रेशायुक्त र प्रशस्त पानी भएका खानाले त्यस्ता ब्याक्टेरियालाई हटाउँछ ।

हड्डी बलियो
कांक्रोमा भिटामिन ‘के’ प्रशस्त मात्रामा पाइने हुनाले भिटामीन ‘के’ ले हड्डीलाई मजबुत बनाउन मद्दत गर्छ । यसकारण नियमित कांक्रो सेवन गरे हड्डी मजबुद बन्ने चिकित्सकहरूको सुझाब छ ।

तौललाई बढ्न दिदैन
कांक्रोमा न्यून मात्रामा क्यालोरी हुन्छ भने बाहिरी भागमा हुने फाइबरले पाचन क्रियालाई बलियो बनाउँछ । जसले तौललाई सन्तुलित बनाउन सहयोग गर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१