खाना खानेबित्तिकै गर्नु हुन्न यी ८ काम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ भाद्र २०७५, सोमबार ०५:१४

काठमाडौं। हाम्रा केही बानीहरु यस्ता हुन्छन् जसले हामी आफैंलाई निकै खतरामा पारिरहेका हुन्छन् । यी बानीहरुले हामीलाई ठूलो नोक्सान गर्ने भए पनि हामीलाई यसबारे थाहा हुन्न । यहाँ हामीले यस्तै ८ बानीहरुको बारेमा चर्चा गर्दैछौं जो हामीले खाना खानेबित्तिकै गर्नु हुन्न ।

१. खाना खानेबित्तिकै नुहाउनु हुँदैन । यसले हाम्रो खाना ठिकसँग पच्न पाउँदैन । नुहाउँदा हाम्रो रगतको बहाव हात र खुट्टातर्फ बढी हुन्छ र पेटतिर कम हुन्छ जसले पाचान शक्ति कमजोर बनाउँछ ।

२. खाना खानेबित्तिकै सुत्नु हुँदैन किनकि खाना खाइसकेपछि हाम्रो खाना पेटतिर जाँदै हुन्छ । यतिबेला सुत्दा हाम्रो पेटमा पाचनका लागि निस्किने तरल पदार्थ माथि आउँछ ।३. खाना खानेबित्तिकै चिसो पानी पिउनु हानीकारक हुन्छ । यसले हाम्रो पाचन शक्ति कमजोर बनाउँछ । खाना खाएको ३० मिनेटपछि हल्का तातो पानी पिउनु उपयुक्त हुन्छ ।

४. खाना खानेबित्तिकै हिँड्नु हुँदैन । खाना खाएको १५ मिनेटपछि हिँड्नु उपयुक्त हुन्छ ।५. खाना खानेबित्तिकै नाच्नु, पौडी खेल्नु वा एक्सरसाइज गर्नु हुँदैन ।

६. खाना खानेबित्तिकै फलफूल खानु पनि ठिक हुँदैन ।

७. खाना खानेबित्तिकै चुरोट पिउँदा क्यान्सरको खतरा एकदमै बढ्छ ।

८. खाना खाएपछि चिया पिउनु पनि उचित होइन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१