साहुले ऋणीसँग १० प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ भाद्र २०७५, सोमबार ०५:०१

काठमाडौं । साहुले ऋणीसँग बढीमा वार्षिक १० प्रतिशत मात्रै ब्याज लिन पाउने भएका छन्। भदौ बाट लागू भएको मुलुकी देवानी संहिताले साहुले ऋणीसँग साँवा रकमको वार्षिक बढीमा १० प्रतिशत मात्रै ब्याज लिन पाउने व्यवस्था गरेको हो।

संहिताको परिच्छेद १५ को लेनदेन व्यवहारसम्बन्धी व्यवस्थाको दफा ४७८ मा लेनदेन सम्बन्धी लिखत हुँदा साहूले ऋणीबाट लिखतमा लेखिए बमोजिमको ब्याज लिन पाउने, तर साहूले ऋणीबाट लिन पाउने ब्याजको रकम साँवा रकमको वार्षिक १० प्रतिशतभन्दा बढी हुन नहुने उल्लेख गरेको छ। यो व्यवस्था अनौपचारिक क्षेत्रको लेनदेनमा लागू हुन्छ, ब्याङ्किङ प्रणालीको कारोबारमा यो ऐन आकर्षित हुँदैन।

लिखतमा ब्याजको दर नतोकी ब्याज लिनेदिने मात्र उल्लेख भएमा पनि साहुले ऋणीबाट वार्षिक १० प्रतिशतका दरले मात्र ऋण लिन पाउने संहितामा उल्लेख छ।

संहिता अनुसार, लेनदेन हुँदा लिखतमा ब्याज लिने दिने कुरा उल्लेख नभएमा साहूले ऋणीबाट ब्याज असुल्न पाउने छैन। त्यस्तै, साहूले ऋणीबाट ब्याजको ब्याज लिन नपाउने र यो व्यवस्था विपरीत कुनै साहूले ऋणीबाट ब्याजको ब्याज लिएको रहेछ भने त्यो रकम साँवामा कट्टी हुने संहितामा उल्लेख छ।

संहिताको दफा ४८५ ले कसैले अक्षम वा अर्धसक्षम व्यक्तिसँग गरेको लेनदेनले कानूनी मान्यता नपाउने व्यवस्था गरेको छ। संहिताको दफा ४७६ ले कसैले पनि कानून बमोजिम लिखत नगरी लेनदेन गर्न नहुने उल्लेख गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१