सरकारी विद्यालयमा शिक्षक चार, विद्यार्थी तीन !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ भाद्र २०७५, सोमबार ०४:५६

डडेल्धुरा। कक्षा ५सम्म रहेको पूर्णागिरी प्राथमिक विद्यालय जिलोडा डडेल्धुरामा चार शिक्षक छन्। विद्यार्थी भने तीन जना मात्र। सदरमुकामबाट तीन किलोमिटर दूरीको सो विद्यालयमा ती विद्यार्थी नआएको महिनौं भइसकेको शिक्षकहरु बताउँछन्।

गाउँ नजिकै विद्यालय भए पनि आफ्ना बालबालिका निजी विद्यालयमा पढाउन थालेपछि समस्या उत्पन्न भएको विद्यालयका शिक्षिका कल्पना ओझा बताउँछिन्। दुर्गम गाउँका मानिस बालबालिकालाई सदरमुकामका निजी विद्यालयमा पढाइरहेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१