२० राउण्ड गोलीसहित भारतीय सेनाका कर्णेल विमानस्थलबाट पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ भाद्र २०७५, सोमबार ०४:४५

काठमाडौं। २० राउण्ड गोलीसहित भारतीय सेनाका कर्णेल पक्राउ परेका छन्। बुद्ध एयरमा काठमाडौंबाट पोखरा जान लागेका भारतीय सेनाका अधिकृत बलबहादुर पुन आइतबार दिउँसो विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ परेका हुन्।

प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा खत्रीका अनुसार विमास्थलमा चेकजाँचका क्रममा ‘पोइन्ट टुटु’ एमएमको २० राउण्ड गोलीसहित पुन पक्राउ परेका हुन्।

चितवन घर भएका पुन काठमाडौं बस्दै आएका थिए। आइतबार दिउँसो भने २० राउण्ड गोलीसहित उनी पोखरा उड्न लागेका थिए। विमानस्थलको आन्तरिक टर्मिनलको सुरक्षा चेकजाँचका क्रममा उनको झोलामा गोली भेटिएको हो।

प्रहरी प्रवक्ता थापाका अनुसार पुनलाई अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१