मड्रिक र मार्सेलो दुवैले रियल छोड्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ भाद्र २०७५, शुक्रबार १३:३२

क्रिस्टियानो रोनाल्डो युभेन्टस गएपछि स्पेनिस क्लब रियल मड्रिडमा हलचल पैदा भएको छ । एकपछि अर्को खेलाडीले क्लब छोड्न सक्ने खबर सार्वजनिक भइरहेका छन् ।

मिडफिल्डर लुका मड्रिकले इन्टर मिलान जान क्लबसँग कुरा गर्ने समचार अन्तराष्ट्रिय संचार माध्यमले प्रकाशित गरिरहेका छन् । यही क्रममा यूरोपियन सुपरकपको फाइनलमा ४–२ को हार व्यहोरेपछि डिफेन्डर मार्सेलोले दिएको प्रतिक्रियालाई समेत शंकास्पदरुपमा हेरिएको छ । मार्सेलो र रोनाल्डो मिल्ने साथी हुन् ।

रोनाल्डोलाई बेचेपछि मार्सेलो दुःखी भएको समचार आइरहेका छन्, र उनले समेत रियल छोड्न सक्ने बताइएको छ । ‘म ट्रान्सफर हुने सूचिमा त छैन्। मड्रिडको टोली निकै बलियो छ। यहाँ राम्रा खेलाडी छन्। नयाँ खेलाडी अनुबन्ध गए उनलाई पनि स्वागत गर्नेछौं,’ एथ्लेटिकोसँगको हारपछि उनले भनेका छन् । यो प्रतिक्रियालाई स्पेनिस मिडियाले रियल छोड्ने संकेत हुन सक्ने भन्दै समचार लेखेका छन् । यद्यपी उनले अब आफ्नो पूर्ण ध्यान आइतबारबाट सुरु हुने ला लिगामा हुनेपनि बताएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१