ग्यास्ट्राइटिसले सताएर हैरान हुनुहुन्छ ? यसरी पाउन सकिन्छ सजिलै छुटकरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ भाद्र २०७५, शुक्रबार ११:५४

ग्यास्ट्राइटिस नेपालीको आमसमस्या हो । अव्यवस्थित जीवनशैली र खानपानका कारण मानिसमा ग्यास्ट्राइटिस हुने गर्छ । यो पेटको समस्या हो ।

यसैबाट अनेक रोग जन्मने गर्छ । त्यसैले यसको समयमै उपचार गर्न जरुरी हुन्छ । ग्यास्ट्राइटिस कम गर्न खानाको पनि विशेष भूमिका हुने भएकाले यसमा विशेष ध्यान दिन जरुरी हुन्छ ।

एन्टिअक्सिडेन्टयुक्त खानास् ग्यास्ट्राइटिसको समस्या भएकाले एन्टिअक्सिडेन्टयुक्त खाद्यपदार्थको प्रयोग गर्नुपर्छ । जस्तो कि– भिटामिन सी, ए, फ्ल्याभोनोइड, क्यारोटेनोइड, फाइटोकेमिकलयुक्त खाद्यपदार्थको सेवन गर्नुपर्छ । जसले सुन्निएको पेटको भित्री तहलाई कम गर्छ । ताजा फलफूल, सागसब्जी, प्याज, लसुन, अदुवा, बेसार, ब्रोकाउली, बन्दाकोबी, कालो चामल आदिबाट पनि प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाउन सकिन्छ ।

प्रोबायोटिकयुक्त खानास् प्रोबायोटिकले हेलिकोब्याक्टर पाइलोरी नामक ब्याक्टेरियालाई नष्ट गर्ने काम गर्छ । जुन ब्याक्टेरिया ग्यास्ट्राइटिसको प्रमुख कारणमध्ये एक हो । दही, मही, प्रोबायोटिक सप्लिमेन्ट आदिमा प्रोबायोटिकको मात्रा हुन्छ ।

लसुनस् लसुनलाई परम्परागत औषधिका रूपमा पनि लिइन्छ । यसलाई पकाएर वा काँचै पनि प्रयोग गर्न सकिन्छ । लसुनमा प्राकृतिक एन्टिबायोटिक, एन्टिइन्फ्लामेटरीलगायतका तत्व हुन्छन् । जसले हेलिकोब्याक्टर पाइलोरी ब्याक्टेरियालाई नष्ट गर्ने काम गर्छ । यो ब्याक्टेरिया पनि ग्यास्ट्राइटिस गराउने अर्को मुख्य कारक हो । लसुनले पेटमा ग्यास्ट्राइटिसका कारण पर्न गएको असरलाई पनि कम गर्न सहयोगी भूमिका खेल्छ ।

फाइबरयुक्त खानास् फाइबरयुक्त खाद्यपदार्थ निकै स्वास्थ्यवद्र्धक मानिन्छ । यस्ता खानाले ग्यास्ट्राइटिसका साथै पाचन प्रक्रियासँग सम्बन्धित अन्य समस्याको पनि समाधान गर्ने विभिन्न अध्ययनले देखाएका छन् । हार्वर्ड स्कुल अफ पब्लिक हेल्थको अनुसन्धानअनुसार बढी फाइबर भएको खानाको सेवनले अल्सर हुने सम्भावना ६० प्रतिशत कम गर्छ । आल्मोन्ड, आँटा, ब्राउन राइस, चिया सिड, आलस, भिजाएको गेडागुडी, टुसा उमारिएका गेडागुडी, फलफूल, सागसब्जी आदिमा अत्यधिक मात्रामा फाइबर हुने गर्छ ।

स्वस्थकर प्रोटिनस् घाँस खुवाइएको पशुको मासु, खुला पालिएको कुखुराको मासु, खोरबाहिरको अन्डा, गेडागुडी, स्पाइरुलिना आदिलाई स्वस्थकर प्रोटिनको स्रोतका रूपमा लिइन्छ । हर्मोन र एन्टिबायोटिक बढी प्रयोग गरिएको मासुले भने ग्यास्ट्राइटिसको असरलाई थप बढाउने काम गर्छ ।

स्वस्थकर फ्याटस् तेलमा तारेका र तेलयुक्त खानेकुरा जस्तै– ससेज, फ्राई आलु, चिप्स, समोसा, जुलेबीलगायतका खाद्यपदार्थको प्रयोग गर्नु हुँदैन । त्यस्तै, मासुमा पाइने बोसो हानिकारक फ्याट हो । यस्ता फ्याटलाई सकेसम्म दैनिक डाइटबाट हटाउन सक्नुपर्छ, नत्र घटाउँदै लैजानुपर्छ । ओमेगा थ्री फ्याटी एसिडलाई भने स्वस्थकर फ्याटका रूपमा लिइन्छ । यसको नियमित प्रयोगले भने ग्यास्ट्राइटिसको असर कम गर्छ । माछामा पाइने तेल, आल्मोन्ड, काजु, एभोकाडो, आलस, चिया सिड आदिमा ओमेगा थ्री फ्याट पाइन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०