महानिर्देशक रायाको कडा आदेशपछि भन्सार कडा हुने आशा : बिहिबार सॉझ २० मिनेटमा भन्सार नगरेर ६० बढी चामल भित्रियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ भाद्र २०७५, शुक्रबार १०:२०

नेपालगन्ज  । विस्तारै कडा हुँदै गएको भन्सार बिहिबार एक्कासी खुकुलो भएको जानकारी काठमाण्डौ स्थित भन्सार विभागका महानिर्देशक तोयम रायाले नेपालगन्ज भन्सार कार्यालयमा रिसाउँदै कडाईका साथ चेकजॉचको साथै भन्सार राजस्व लिई छाड्ने आदेश दिएपछि शुक्रबारबाट कडाईका साथ चेकजॉच गर्ने बताइएको छ । भन्सार कार्यालयको मुल गेटमा राखिएको चेकजॉचको क्रममा बिहिबार सॉझ २० मिनेटको दौरानमा ६० बोरी बढी चामल भन्सार राजस्व बिना नै छाडिनुको साथै व्यापारिक रूपमा ल्याइएको सामान पनि छाडिएको थियो भने चेकजॉचमा खटिएका कर्मचारीले व्यवहारिक पक्ष हेर्दै छाड्नु आदेश आएअनुसार छाडिएको बताएसँगै विभागका महानिर्देशक रायालाई व्यवहारिक पक्ष हेर्ने आदेश आएको हो र भन्ने जवाफमा भन्नुभयो -“भन्सार बुझाउनु पर्ने सामानको राजस्व लिनुपर्छ । हामी मुलुकको राजस्वको लागि हाम्रो उपस्थिति हो । राजस्व संकलनमा व्यवहारिक पक्षको कुरा नै आउँदैन । के भएको हो म बुझ्छु ।” भन्सार कार्यालयको यात्रु शाखाले सेटिङ्मा सामान छाड्ने र मुल गेटमा खटिएका कर्मचारीहरू मुक दर्शक भई सामान छाडिदै गरेको २० मिनेटको भन्सार खकुलोको रमाईलोपन देखियो । त्यो २० मिनेटको रमाईलोमा भन्सार कार्यालयको उपस्थिती भएको नभएको केही महसुस भएको थिएन । साईकल, रिक्सा, मोटरसाइकल र टॉगाले सकि नसकि सामान ओसार्नमा ब्यस्त देखिन्थे । बिहिबार सॉझ भन्सार खुकुलो भएको बारे जानकारी लिन खोज्दा नेपालगन्ज भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठ जंगिदै भन्नुभयो-“सानो सानो कुरा पनि तपाईहरू डिजी साहेबलाई खबर गर्नु हुन्छ । तपाईहरूले डिजी साहेबलाई कल गरेर जानकारी दिने भए अब तपाईको कल उठाउँदैनौ ।” मुलुकलाई विकास तर्फ लैजानको लागि कडाईका साथ चेकजॉच गरी भन्सार राजस्व उठाउनु पर्ने सुझावमा भन्सार कार्यालयका प्रमुख नै जंगिएपछि भन्सार राजस्व संकलनमा गम्भिर प्रश्न उब्जिएको छ । महानिर्देशक रायाको भन्सार कार्यालयमा कल आएपछि खलबल्ली हुनुको साथै अफिसर लेबलका कर्मचारी मुल गेटमा उपस्थिती देखिएको थियो । उनले भने -“भोलीबाट भन्सार लाग्ने सामानको कडाईका साथ राजस्व लिन्छौ ।” भन्सार कार्यालयले पत्रकारको सामु जतिसुकै कडाईका साथ चेकजॉच हुन्छ भनेपनि भन्सार कार्यालयले मुलुकको राजस्व संकलन गर्ने गलत नियतमा अहिलेसम्म सुधार आएको भने देखिएको छैन । भोली अर्थात शुक्रबारदेखि मुलुकलाई विकास तर्फ लैजानको लागि एेन कानुन थप भई रहेको अवस्थामा नेपालगन्ज भन्सार कार्यालयको यस्तो खुकुलो नीतिले गम्भिर समस्या आउने जानकारहरूले आफ्नो अभिमत राखेका छन । मुलुकका प्रधानमन्त्री केपी शर्मा ओली देश विकासको लागि राजस्व संकलन गर्न ध्यान केन्द्रित गर्नु भएको छ भने नेपालगन्ज भन्सार कार्यालयको यस्तो खुकुलो नीतिले मुलुकको बिकासमा ठुलो चुनौति देखिएको छ । स्थानिय व्यवसायीहरूको ऑकलन अनुसार फुटकर रूपमा दैनिक ४ देखि ६ ट्रक चामल भन्सार राजस्व नबुझाई आउने गरेको र भन्सार राजस्वमा चामलबाट दैनिक १५ लाखभन्दा बढी रकम ह्रास आएको बताइएको छ । त्यस्तै घरायसी प्रयोजनको लागि भनी व्यवसायिक रूपमा भित्रिने अन्य सामानबाट राजस्वमा दैनिक करिब २० लाख ह्रास भईरहेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१