नेपाल खवर डेली दोश्रो बर्षमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ भाद्र २०७५, शुक्रबार १०:१९

काठमाडौँ । परिवर्तन मिडिया प्रा.लि. नागार्जुन काठमाडौं द्धारा सञ्चालित नेपालखबरडेली आज भाद्र १ गतेबाट दोस्रो वर्षमा प्रवेश गरेको छ । विकास पत्रकारिता,परोपकारी पत्रकारिता र सकारात्मक पत्रकारिताका लागि नेपाल खवरडेली भन्ने मुल मन्त्रका साथ स्थापना भएको यस अनलाईन पत्रिकाले एक वर्षको छोटो समयमै लाखौं पाठकको मन जित्न सफल भएको छ । यस पत्रिकाले आफ्नो सिद्धान्त अनुरुप नै परोपकारी,विकास र सकारात्मक पत्रकारितामा नै निरन्तर कलम चलाउदै आएको छ । करिव एक दशक देखि निरन्तर पत्रकारितामा कलम चलाउदै आएका कुशल पत्रकार जनार्जन पौडेलको प्रमुख सम्पादकत्वमा सञ्चालन भएको यस पत्रिकाका सह सम्पादकमा युवा पत्रकार शुकदेव थपलिया रहेका छन् । यसैगरि पत्रिकाको प्रमुख व्यवस्थापकमा गोकुल प्र पौडेल र प्रवन्धकमा सुशिला नेपाल रहेकी छिन् । च्याउ झैं खोलिएका अनलाईन पत्रिकाको भिडमा विशेष उद्येस्य लिएर आफ्नो अलग पहिचान बनाउन सफल भएकोमा नेपाल खवर डेलीलाई हाम्रो तर्फबाट पनि हार्दिक शुभकामना ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१