१ बर्ष पुग्न लागेका २ छोरीलाई कच्ची शौचालयभित्र डुबाइए फरार भईन् आमा दुवै बच्चाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ श्रावण २०७५, बिहीबार १६:१४

ताप्लेजुङ – ताप्लेजुङको पाथिभरा याङबरक वडा नम्बर २ की एक ‘पापिनी आमा’ ले आफ्नै जुम्ल्याह छोरीको निर्मम हत्या गरेकी छन् । ताप्लेजुङमा ९६ घण्टासम्म सेफ्टी ट्याङ्कीमा रही ज्युँदै उद्धार गरिएकी करिब १ वर्षीया बालिकाको मृत्यु भएको छ। योसँगै आफ्नै आमाले कुटपिटपछि सेफ्टी ट्याङ्कीमा फालेका पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर २ थेचम्बुको तलेवारीका जुम्ल्याहा दिदी बहिनी दुबैको मृत्यु भएको छ।

कमलाले कच्ची शौचालयभित्र दिशामा डुबाइएकी एक छोरीको उपचारका क्रममा मृत्यु भएको छ भने अर्कीको शव सेफ्टी ट्यांकीमा फेला परेको छ ।

बाबुको पत्तो नभएका जुम्ल्याहा छोरीलाई वर्षदिन नपुग्दै आमा २० वर्षीय कमला बिकले सेफ्टी ट्याङकीमा हालेर फरार भएकी थिइन्। छिमेकीले घाँस काट्ने क्रममा सेफ्टी ट्याङ्की आसपास बच्चा फालेको आशंका गर्दै खोजी गर्दा बच्चालाई सेफ्टी ट्याङ्कीमा फेला पारेका थिए।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख, डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार यही भदौ महिनामा वर्षदिन पुग्न लागेका दिदी बहिनीमध्ये गंगालाई गाउँलेले मृत अवस्थामा भेटाएका थिए भने जमुनालाई जीवितै उद्धार गर्न सफल भएका थिए।

जीवित फेला परेकी जमुनालाई उपचारका लागि झापाको बिर्तामोडतर्फ पठाइएकोमा उनको पनी मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका बारेमा अनुसन्धान सुरु भएको डीएसपी बस्नेतले जानकारी दिए।

जुम्ल्याह छोरीलाई शेफ्टी ट्यांकीमा हालेर हिँडेकी कमला भर्खर २० वर्षकी भएकी छन् । उनले उदपयुरका गाडीका सहचालकसँग भागी बिहे गरेकी थिइन् । तर, सम्बन्ध लामो समय रहेन । गर्भवती भएपछि माइती आउने क्रममा गाडीमा इलाम आइपुग्दा दुई छोरीलाई जम्म दिइकी थिइन् । उनीहरु भदौ ५ गते एक वर्ष पुथे । तर, त्यसअघि नै आमाले नै उनको ज्यान लिएका छन् । प्रहरी निरीक्षक थापाका अनुसार संजमायाले प्रहरीमा जाहेरी दिएकी छिन् भने कमलाको खोजी भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१