सन्दीप लामिछानेको चमत्कार सिपिएलमा लिए एकै ओभरमा २ विकेट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ श्रावण २०७५, बिहीबार १३:४७

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिगमा एकै ओभरमा २ विकेटल लिएका छन् । लिगको खेलमा सन्दीपले जमाइका विरुद्ध दुई विकेट लिएका हुन् ।

पहिलो ओभरमा १० रन खर्चिएका सन्दीपले दोस्रो ओभरमा आठ रन दिँदै दुई विकेट झारेका थिए । उनले आफनो दोस्रो ओभरको दोस्रो बलमा लुइसलाई र चौथो बलमा म्याकार्थेलाई आउट गरे ।

यो प्रतियोगितामा सन्दीपले ३ खेलमा ५० रन खर्चिदै ५ विकेट हात पारी सकेका छन् । जारी सीपीएलमा कम रन दिएर विकेट लिने दोस्रो खेलाडी बनेका सन्दीपले जमाइका विरुद्ध चार ओभरमा २१ रन खर्चिएर दुई विकेट हात पारेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१