मालपोत, नापी र भूमिसुधार सम्बन्धी काम अनलाइनबाटै गरिने : मन्त्री अर्याल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ श्रावण २०७५, बिहीबार ०६:०१

काठमाडौँ।  भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका निकायहरुका काम कार्वाही अब विधुत्तिय सूचना प्रणालीमार्फत् हुने भएको छ । भूमिसुधार मन्त्री पद्मा अर्यालले आज पत्रकारहरुसँग कुराकानी गर्दै मालपोत, नापी र भूमिसुधार लगायतका कार्यालयहरुमा अनलाईन सेवाबाट सेवाग्राहीको काम गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार, अब ती कार्यालयहरुमा टोकन प्रणाली लागु गरिने र सम्बन्धित कार्यालयमा बैंकिङ सेवा लागु गरिनेछ । सेवाग्राहीले आफुले कार्यालयमा बुझाउनुुपर्ने लिखत अबदेखि मन्त्रालयले विकास गरेको फाराम भरेर बुझाउन सकिने व्यबस्था मिलाउन लागिएको मन्त्री अर्यालले जानकारी दिनुभयो ।

मन्त्रालयमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा मन्त्री अर्यालले सुकुम्बासीलाई हाउजिङमा राख्ने नीति ल्याइन लागेको समेत बताउनुभयो । ‘देशभरका सुकुम्बासीका लगत तयार भएपछि उनीहरुलाई भूमि दिनु भन्दा बस्ने व्यवस्था गर्न हाउजिङ उपयुक्त हुनेछ । ‘जनसंख्या बढ्दो छ, तर जग्गा बढ्दैन, त्यसैले सुकुम्बासी, गरिब एकठ्ठा गरेर उनीहरुलाई बसोबास गराउनु सरकारको पहिलो प्राथमिकता हो ।’।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०