धोका दिने बानी छ ? जानुपर्ला जेल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० श्रावण २०७५, बुधबार १५:४४

थाइल्यान्ड ।  थाइल्यान्डको एक अदालतले एक धोकेवाजलाई जेल सजाय सुनाएको मिडियाले जनाएका छन् । ३४ वर्षिय पुडिट क्रिटिथ्राडिलकलाई अदालतले पोन्जी योजना चलाएको र लगानीकर्तालाई उच्च आर्थिक प्रतिफल दिने प्रतिबद्धता गरेको आरोप लगाएको बीबीसीले जनाएको छ । उनले झन्डै ४० हजार मानिसलाई आफ्नो कम्पनीमा १६ करोड डलर दिने नेर फकाएका थिए ।

उनी झुठा कर्जा प्रवाहमा लागेको र झन्डै २ हजार ६ सय ३५ धोकामा संलग्न भएको अदालतले पाएको छ । तर उनले आफ्नो गल्ती स्वीकार गरेकाले उनको सजायलाई आधा घटाएर ६ हजार ६ सय ३७ वर्ष ६ महिनामा झारेको छ ।

पुडितले सेमिनारको आयोजना गरेको र उक्त सेमिनारमा मानिसलाई आफ्नो व्यवसायमा लगानी गर्नका लागि आग्रह गरेको वकिलले अदालत समक्ष बताएका छन् । उनले आफुले सम्पत्ति विकास, सुन्दरता, प्रयोग भइसकेका कार र निर्यात लगायतका व्यवसाय सञ्चालन गरेको बताएर मानिसहरुलाई झुक्याएका थिए ।

बैंकक पोष्टका अनुसार लगानीकर्तालाई राम्रो प्रतिफल दिने र बोर्डमा नयाँ सदस्य ल्याउनका लागि थप लाभाशं दिने प्रतिबद्धता व्यक्त गरेका थिए । पुडिटलाई बैंकक रिमान्ड प्रिजनमा राखिएको छ ।

अदालतले दुवै कम्पनीमा प्रत्येका २ करोड डलरको सम्पत्ति भएको फेला पारेको छ । पुडिट र फर्मलाई २ हजार ६ सय ३५ पिडित प्रत्येकलाई १ करोड ७० लाख डलर तिर्नका लागि आदेश दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१