हेलिकप्टरको पंखाको नजिक गएर सेल्फी लिन खोज्दा पंखाले काटेर एक ब्याक्तिको यसरि भयो दुखद निधन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० श्रावण २०७५, बुधबार ०५:४८

हुम्ला। हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर एक जना भारतीय पर्यटकको मृत्यु भएको छ। मानसरोवर कैलास यात्राका लागि हुम्लाको सिमिकोट एयरपोर्टबाट सोही हेलिकप्टरमा हिल्सा गएका भारत महाराष्ट्रका ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहतालाई हेलिकप्टरको पंखाले काट्दा मृत्यु भएको हो ।

मानसरोवर कैलास यात्राका लागि हुम्लाको सिमिकोट एयरपोर्टबाट तिब्त संग जोडिएको हिलसा नाकमा रहेको हेलिप्याटमा हेलिकप्टरको पंखाले काट्दा भारतीय नागरिक मेहताको मृत्यु भएको होे। मृत्यक मेहता मुम्बइको एक्प्लोर कैलाश ट्रेक प्राइभेट लिमिटेडबाट मानसरोबर दर्शन गर्न गएका थिए।

हिल्सामा हेलिकोप्टर अवतरण गरिसकेपछि हेलिको अगाडिबाट ओर्लनु पर्नेमा पछाडिबाट ओर्ली सेल्फी लिन खोज्दा पंखाले लागेर मुत्यु भएको हो। मृत्युक मेहताको टाउको र अन्य शरीरको भाग नै क्षतविछेद बनाएको छ। हेलिकोप्टरको पनि पछाडिको भाग पूर्ण रुपमा क्षति भएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१