शरीरको कुन अंगमा रहेकाे कोठीले के को संकेत गर्दछ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० श्रावण २०७५, बुधबार ०५:३१

काठमाडौं । समुद्रशास्त्रले शरीरमा आउने कोठीले राम्रो र नराम्रो दुवै फल दिने उल्लेख गरेको छ । तर, यहाँ शरीरका कुन–कुन अंगमा आएको कोठीले शुभरअशुभ गर्छ भन्ने विषयमा चर्चा गर्न लागिएको हो ।

समुद्रशास्त्रका अनुसार दायाँ आँखी भौँ माथि आएको कोठीले ओठमाथि आएको कोठीले सुख वृद्धि गर्छ । यसले दाम्पत्य जीवनमा राम्रो गर्छ । तर, बायाँ आँखी भौँमा आएको कोठीले भने अशुभ गर्ने समुद्रशास्त्रमा उल्लेख गरिएको छ । बायाँ आँखी भौँमा आएको कोठीले दाम्पत्य जीवनमा नकारात्मक असर गर्छ ।

समुद्रशास्त्रका अनुसार गर्दन र काँध जोडिएको भागमा आएको कोठी शुभ मानिन्छ । गर्दन पछाडिको कोठी शुभ हो । सो स्थानमा कोठी आएको व्यक्ति कर्मठ र जीवनमा सफलता हासिल गर्न सक्षम हुन्छन् । गलामा कोठी आएको व्यक्ति दीर्घायु र राम्रो आवाजको धनी हुने समुद्रशास्त्रको दावी छ ।

शास्त्रका अनुसार महिला या पुरुषको काखीमा आएको कोठी पनि शुभ नै हुन्छ । जसको काखीमा कोठी हुन्छ उसको जीवनमा केही पटक धनको हानीको सामना पनि गर्नुपर्ने हुन्छ । यस्तै जुन व्यक्तिको नाकको अघिल्लो भागमा कोठी हुन्छ, ऊ भोग विलासमा अधिक रुचि राख्ने शास्त्रमा उल्लेख छ । शास्त्रका अनुसार नाकको दाहिने तर्फ जसको कोठी हुन्छ, उसको कम प्रयासमै अधिक लाभ प्राप्त गर्न सकिन्छ । नाकको देब्रेपटि कोठी आएमा भने अशुभ हुन्छ।

यसैगरी कनपटीमा आएको कोठीले भने पारिवारिक दृष्टीमा अशुभ मानिन्छ । यस कारण कनपटीमा कोठी आएको व्यक्ति वैरागी हुने सम्भावना हुन्छ । जुन पुरुष र महिलाको दुइटै काँधमा आएको कोठीले जीवनमा काफी संघर्ष गर्नुपर्ने हुन्छ भने खुट्टाको औंलामा आएको कोठी अशुभको सूचक मानिन्छ। यस्ता व्यक्ति स्वतन्त्ररुपमा जीवन यापन गर्न कठिन हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०