भन्सार चेकप्वाइन्ट कडा पारियो, भन्सारमा कडाई हुनुहुँदैन भन्दै एक गैर पत्रकार महिला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ श्रावण २०७५, मंगलवार १२:०५

नेपालगन्ज। भारतबाट साइकल, रिक्सा तथा साना गाडी प्रयोग गरी आयात हुने सामानमा नेपालगन्ज भन्सार कार्यालयले कडाईका साथ भन्सार राजस्व बुझाउने आदेश दिएसँगै एक जना महिलाले आफु पत्रकार (नक्कली पत्रकार) हो भन्दै केही सामान ओसारपोसार गर्ने समूहलाई बटुल्दै भन्सार अगाडि सोमबार साँझ नारा लगाउन शुरु गरेपछि मंगलबारदेखि भन्सार कार्यालयले भन्सार चेकजाँच कडा पारेको छ । नेपालगन्ज भन्सार कार्यालयले मंगलबारदेखि लागु हुने गरी भन्सार ऐन अन्तरगत रु. १०० भन्दा बढी सामान ल्याउनेलाई कडा रुपमा भन्सार राजस्व बुझाउने गरी कडा चेकजाँच शुरु गरेको छ । ‘रु. १०० भन्दा बढी कोही कसैले सामान ल्याएको खण्डमा भन्सार राजस्व बुझाउनु पर्छ । जति सुकै विरोध गरेपनि भन्सार ऐन अन्तरगत चेकजाँचलाई कडा पार्दै भन्सार राजस्व संकलन कार्यमा भन्सार कार्यालयका कर्मचारी र सशस्त्र प्रहरी बलका समूहलाई कडा आदेश दिइएको छ ।’ – भन्सारका एक अधिकृतले भने । आफुलाई पत्रकार हो भन्दै नेतृत्व लिएपनि उनी पत्रकार नभएको तथा एउटा स्थानिय एफएममा साहित्यिक कार्यक्रम चलाउने गरेको कुरा बाहिर आएको छ भने उक्त कार्यक्रम संचालन गर्न शुरु गरेको अहिले चार हप्ता मात्र भएको बुझिएको छ । रुपैडिहाबाट एक बोरी चामल ल्याउने क्रममा भन्सार गेटमा चेकजाँचको क्रममा भन्सार राजस्व बुझाउनु पर्ने भनेपछि भन्सार कार्यालयले गरेको कडाईको विरुद्ध सामान ल्याउने अन्य व्यक्तिहरुलाई एकत्रित गरी नारा लगाएकी बताइएको छ । आफुलाई पत्रकार भन्दै नेतृत्व लिएकी ती महिलाले भन्सार कार्यालयको नीति नियमलाई ठाडो चुनौति दिँदै सरकार विरुद्धको मोर्चा खोल्दै भन्सारमा कडाई गर्न नहुने कुरामा अडान राख्दै नारा लगाउँदै बसेको भन्सार कार्यालयले बताएको छ । पत्रकार भन्न रुचाउने ती गैर पत्रकार महिलाले पत्रकारको ध्वाँस देखाउँदै जबरजस्ती एक बोरी चामल भन्सार राजस्व नै नबुझाई घर लगेको भन्सार कार्यालयका एक कर्मचारीले बताए । ती कर्मचारीले भने–‘सामान ल्याउन नदिने हो भने रुपैडिहा बजार नै बन्द गराउनुस । भन्दै चर्को स्वरमा नारा लगाएकी थिइन ।’ आफुलाई पत्रकार भनी ठुलो स्वरमा भन्सारमा कडाई हुनु हुँदैन भनी कराएकी ती नक्कली पत्रकार महिलाको स्थानिय पत्रकारबीच आलोचित हुन पुगेकी छिन । उनी स्थानिय एक टिभी कार्यालयमा काम माग्न गएकी तर नपाएको समेत केही पत्रकारले बताएका छन् । पत्रकारिता पेशालाई आँच आउने खालको कार्य नक्कली महिला पत्रकारबाट भएकोले भन्सार ऐन अनुसार पत्रकार होस वा अन्य कुनै ओहदाका व्यक्ति होस, भन्सार राजस्व लिई सामान ल्याउन दिनु पर्ने कुरा अहिले बाहिर आएको छ । राष्ट्रको चौथो अंगको दर्जा दिइएको पत्रकारिताको पेशालाई सरकारी राजस्व बृद्धिको अभियानमा नलागी भन्सारमा कडाई हुनुहुँदैन भन्ने अडानमा पत्रकार नभएपनि आफुलाई पत्रकार हो भनी प्रस्तुत हुने माथि भन्सार कार्यालय र राज्यले कस्तो रुपमा हेर्छ त्यो भने हेर्न बाँकी रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०