तपाइ आफ्नो सौन्दर्य जोगाउन चाहानुुहुन्छ । यि छन् ति कारणहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ श्रावण २०७५, मंगलवार ११:५४

छालामा असर पर्ने धेरै कारण छन्(आफ्नो अनुहार मुलायम, दागरहित, चाउरीरहित र चम्किलो होस् भन्ने चाहना राख्नु स्वाभाविक हो । तर, बिहानदेखि बेलुकीसम्म प्रत्येक दिनको जीवन, खानपान, व्यस्तता, थकान, अनिद्रा, वातावरणीय प्रदूषण, सूर्यको किरण आदिले हाम्रो स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ । फलस्वरूप अनुहारमा विभिन्न समस्या देखा पर्न थाल्छ । छाला मुलायम, चम्किलो र दागरहित बनाउन हाम्रो जीवनशैलीको मुख्य भूमिका हुन्छ । खानपानमा थोरै सुधार गर्न सकेको खण्डमा स्वास्थ्यसँगै छालामा देखा पर्ने समस्याबाट बच्न सकिन्छ । हामीले दिनमा ८ देखि १० गिलास पानी पिउँदा स्वस्थ रहन सकिन्छ ।ग्रिन टी, विषादीरहित फलफूल, हरियो सागसब्जीको सेवनले छाला चम्किलो राख्छ । रातमा ६ देखि ८ घन्टा निदाएर सुतेमा हाम्रो स्वास्थ्यसँगै छाला बिग्रनबाट जोगिन्छ ।नयाँ पत्रिकामा खबर छ ।

तर, यतिले मात्रै पुग्दैन । हाम्रो शरीरको बाहिरी अंग भएको कारणले छालामा प्रदूषण र सूर्यको विकिरणले पनि असर गर्छ । यस्तो अवस्थामा सुरक्षाका लागि विभिन्न सौन्दर्य सामग्रीको प्रयोग गर्न सकिन्छ । । आफ्नो छालाको प्रकारअनुसार सही तरिकाले सौन्दर्य सामग्रीको प्रयोग गर्नुपर्ने हुन्छ । यदि सौन्दर्य सामग्री गुणस्तरीय नभएको र छालाअनुसारको प्रयोग गरिएन भने यसको परिणाम विपरीत हुन जान्छ ।छालासम्बन्धी सौन्दर्य प्रसाधनका सामग्री(क्लिन्जिङ स् छालालाई सफा गर्छ ।(टोनर स् छालालाई ताजा बनाइराख्छ ।(मोइस्चराइजिङ क्रिम स् छालालाई मुलायम बनाउन सहयोग गर्छ ।(सन्सक्रिम स् छालालाई सूर्यको विकिरणबाट जोगाउन मद्दत गर्छ ।(नाइट क्रिम स् छालाअनुसार अनुहारमा केही समस्या देखिएमा सोहीअनुसारको क्रिम प्रयोग गरेमा छालाको समस्यालाई सहज बनाउँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१