समुद्र बिर्साउने नेपालका सात ताल,जहाँ गर्मी छल्न सकिन्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ श्रावण २०७५, मंगलवार ११:२५

काठमाडौं । विश्वका धेरै मानिसहरु समुन्द्री किनारलाई नै घुम्नका लागि राम्रो गन्तव्य बनाएका हुन्छन् । नेपाल भूपरिवष्ठित देश भएकाले पनि नेपालमा सिमित ताल नै पर्यटकीय गन्तव्य हुन् । नेपाल प्राकृतिक सौन्दर्यको अनुपम उपहार हो । प्राकृतिक रुपमा नेपालमा धेरै महत्वपूर्ण स्थानहरु रहेका छन् । हिमाली क्षेत्र, पहाडी क्षेत्र र तपाई क्षेत्रमा प्राकृतिकरुपमा धेरै सम्पदाहरु रहेका छन् ।

सवै क्षेत्रलाई पर्यटन समेट्न सक्ने हो भने बार्षिक लाखौ पर्यटक भित्र्याएर अर्बौ विदेशी मुद्रा सजिलै आर्जन गर्न सकिन्छ । अहिले पनि नेपालमा केही हिमाली क्षेत्र र चितवन र पोखरा बाहेक क्षेत्रलाई प्रर्वद्धन गर्न सकेका छैनौ ।

पछिल्लो समय घुमफिर गर्ने परम्परा विकसित हुँदै गएको छ । अधिकांश समय जमिनमै रही रहने भएकाले तालमा घुम्दा बेग्लै आनन्द पनि आउँछ । प्राकृतिक सम्पदाले भरिपूर्ण देश नेपालमा केही त्यस्ता तालहरु अवस्थित छन जहाँ पुग्ने लालचा विश्वका पर्यटकलाई हुने गरेको छ । नेपालका १० वटा तालहरु रामसार क्षेत्रमा सुचिकृत समेत भएको छ । रामसार क्षेत्रमा कोशी टपु ताल, पोखरा क्षेत्रका ९ वटा, घोडाघडी ताल, बिसहजारी ताल, गोसाइकुन्ड, शे–फोक्सुन्डो, रारा, तिलिचो, पाँच पोखरी तथा छो रोल्पा ताल रहेका छन् ।

रारा तालस् पछिल्लो समय स्वदेशी र विदेशी पर्यटकको आर्कषर्ण केन्द्र रारा ताल हुने गरेको छ । विगतमा सडक यातायातमा नाजोडिएका कारण जान समस्या भएपनि पछिल्लो समय भने सहज हुदैं गएको छ । । नेपालमा भएका मध्ये सबैभन्दा ठूलो ताल हो यो । सूर्य अस्ताउँदा र उदाउँदा देखिने रारा तालको सुन्दरताले जोकोहीलाई मोहित तुल्याउँछ ।

समुन्द्री सतह भन्दा २९९० मिटर ९९८१० फिट० को उचाइमा रहेको यस ताल जुम्ला र मुगु जिल्लास्थित रारा राष्ट्रिय निकुञ्ज अन्तर्गतको रामसार क्षेत्र भित्र पर्दछ । ५।१ किलोमिटरको लम्बाई तथा २।७ किलोमिटरको चौडाइमा फैलिएको यस तालको पानीको सतह १।८ वर्ग किलोमिटर र १६७ मिटरको घहिराइ रहेको छ । रारा ताललाई सन् २००७ मा रामसार क्षेत्र घोषणा गरिएको हो ।

तिलिचो तालस् नेपालको सबैभन्दा उच्च स्थानमा रहेको ताल हो । समुन्द्री सतह भन्दा ४९१९ मिटर ९१६,१३८ फिट० को उचाईमा रहेको तिलिचो ताल मनाङ जिल्लामा अवस्थित अन्नपुर्ण संरक्षित क्षेत्रमा पर्दछ ४।८ वर्ग किलोमिटरको समतल क्षेत्रफलमा फैलिएको यस ताल ८५ मिटर ९२८७९ फिट० गहिरो छ भने ४ किलोमिटर लम्बाइ तथा १।२ किलोमिटर चौडाइ रहेको छ । यसको प्रमुख विशेषता भनेको यहाँ कुनै पनि जलचर प्राणी छैनन् । यो तालको वरपर देखिने पहाडको दृष्यले सौन्दर्यता थपिएको छ ।

से–फोक्सुन्डो तालस् डोल्पा जिल्लामा अवस्थित फोक्सुन्डो ताल समुन्द्री सतहबाट ३६१५ मिटर उचाइमा छ । करिब ४।९४ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको यस तालको लम्बाई ५।१५ किलोमिटर तथा चौडाई ८०० मिटर रहेको छ । यस ताललाई सन् २००७ मा रामसार क्षेत्र घोषणा गरिएको हो । नेपालको सबैभन्दा गहिरो ताल हो यो । यसको गहिराई १४५ मिटर ९४७६ फिट० रहेको छ ।

गोसाइँकुण्डस् समुन्द्री सतह भन्दा ४,३८० मिटरको उचाईमा रहेको गोसाइँकुण्ड रसुवा जिल्लामा अवस्थित छलाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने यस तालको क्षेत्रफल १३।८ हेक्टर रहेको छ। यस क्षेत्रमा जनै पूर्णिमाको दिन विशेष मेला लाग्ने गर्दछ ।

पाँच पोखरीस् लाङटाङ राष्ट्रिय निुकुञ्जमा पर्ने यहाँ पाँच तालहरु छन् । एकै ठाउँमा प्राकृतिक रुपमा बनेको पाँच वटा ताल हेर्नलायक छ । विश्वकै उच्च अल्टिच्युडमा रहेको यस ताल समुन्द्र सतहबाट ४१०० मिटर माथि छ । यस तालमा जनै पुर्णिमाको अवसरमा मेला लाग्ने हुँदा सो समयमा यहाँ पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ । यस स्थलबाट जुगल, लाङटाङ, रोलवालिङ लगायतका हिमालहरुको दृष्य राम्रोसँग देख्न सकिन्छ छो

रोल्पास् दोलखा जिल्लामा रहेको छो रोल्पा ताल ४,५८० मिटरको अल्टिच्युडमा अवस्थित छ । १५४ हेक्टर क्षेत्रफलमा फैलिएको यस ताल गौरीशैकर संरक्षित क्षेत्र अन्तर्गत पर्दछ । २७० मिटर अधिक्तम गहिरो रहेको यस तालको लम्बाइ ३।४५ किलोमिटर छ । फेवा तालस् समुन्द्री सतहभन्दा ७४२ मिटर ९२४३४ फिट० को उचाईमा अवस्थित यस तालको बीचमा ताल बाराही मन्दिरले यस तालको झन सुन्दरता बढाएको छ ।

४।४३ वर्ग किलोमिटरको क्षेत्रफलमा अवस्थित यस तालको लम्बाई १७ किलोमिटर छ भने अधिकतम गहिराई २४ मिटर रहेको छ । पोखरामा अवस्थित फेवा सबै भन्दा धेरैले अवलोकन गर्ने तालको रुपमा पर्दछ । पोखरा क्षेत्रमा ९ वटा तालहरु रहेका छन् ।

त्यस्तैगरी बझांग को सुर्मा सरोवर , खप्तडको ताल ,बाजुराको बुढी नन्दा र छेडे दह र रुकुमको बाह्रकुने ताल कैलालीको घोडाघोडी ताल पनि चर्चित तालहरुमा पर्दछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१