स्पेनिस फुटबलमा भुकम्प , पिकेपछि सिल्भाले लिए सन्यास

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ श्रावण २०७५, मंगलवार ११:२०

काठमाडौं । स्पेनका मिडफिल्डर डेभिड सिल्भाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३२ वर्षीय म्यानचेस्टर सिटीका मिडफिल्डर सिल्भाले सोमबार ट्वीटर मार्फत सन्यास घोषणा गरेका हुन् ।

स्पेनकै डिफेन्डर जेरार्ड पिकेले सन्यासको घोषणा गरे लगत्तै सिल्भाले समेत सन्यास घोषणा गरेका हुन् । सिल्भाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनु आफ्नो लागि निकै कठिन रहेको बताएका छन् । उनले टिमलाई सधै सम्झिरहने पनि बताएका छन् ।

१५ नोभेम्भर २००६ मा रोमानियाविरुद्धको खेलबाट स्पेनको सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका ३२ वर्षीय सिल्भाले १२५ खेल खेल्दै ३५ गोल गर्न सफल भएका छन् । स्पेनले २००८ मा युरोकप, २०१० मा विश्वकप र २०१२ मा युरोकप जित्दा उनी टिमका महत्वपूर्ण सदस्य थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०