१७ दिनदेखि आफ्नो मृत बच्चालाई लिएर समुन्द्रमा घुमिरहेको छ ह्वेल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ श्रावण २०७५, मंगलवार ११:१०

वासिङ्टनमा । एक ह्वेल १७ दिनदेखि आफ्नो मृत बच्चालाई लिएर समुन्द्रमा घुमिरहेको भेटिएको छ ।

ह्वेलको यो फोटो संसारभरी भाइरल भइरहेको । समुन्द्री जीवको अध्ययन गर्ने माइकल मिलस्टिनका अनुसार शोधकर्ताले बुधबार जे३५ नाम दिइएको २० वर्षे ह्वेललाई वासिङ्टनको ओलम्पिक पेनिन्सुला नजिकै आफ्नो मृत बच्चालाई बोक्दै घुमिरहेको देखिएको थियो ।

ह्वेलको बच्चाको गत जुलाई २४ तारिखमा मृत्यु भएको थियो । माइकल मिलिस्टिनका अनुसार अर्को एक ह्वेलको बिरामी बच्चा पनि देखिएको छ । उक्त समूहले त्यसको खोजीमा जुटेको बताएको छ । ह्वेलको बिरामी बच्चा आफ्नो आमासँग बुधबार पौडी खेलिरहेको देखिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१