विदेशीसँग विहे गर्ने हिरोइन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ श्रावण २०७५, मंगलवार ०६:०३

मुम्बई।  प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको सम्बन्धको चर्चा अहिले संसारभरी छ। प्रियंका बलिउडकी पाँचौं अभिनेत्री बन्दैछिन जसले विदेशीसँग घरजम गरे। उनी निकसँग छिट्टै विहे गर्ने तयारीमा छिन्। यसअघि बलिउडका अन्य ४ अभिनेत्रीले पनि जीवनसाथी विदेशी नै रोजे।

बलिउडकी ‘धक–धक गर्ल’ माधुरी दीक्षित पनि यो सूचीमा पर्छिन। प्रेमी सञ्जय दत्त मुम्बई हमलामा मुछिएपछि माधुरीले १९९९ मा अमेरिका बस्दै आए डा। श्रीराम माधव नेनेसँग सुटुक्क विहे गरेकी थिइन।

बलिउडकी ‘डिम्पल गर्ल’ प्रिती जिन्टाले पनि श्रीमान विदेशी नै रोजिन। विभिन्न अभिनेतासँग अफेयर रहेपनि उनले अन्तिममा अमेरिकी व्यापारी जीन गुडइनफसँग २०१६ मा विहे गरिन।

राधिका आप्टेको रोजाइमा पनि जीवनसाथी विदेशी नै परे। अक्षयकुमारको प्याडम्यान फिल्मबाट चर्चामा आएकी राधिकाले विहे भने २०१२ सालमै गरेकी थिइन्। उनले युकेका संगीतकारसँग लगनगाँठो कसेकी हुन्।

विदेशीसँग विहे गर्ने सूचीमा कलाकार नीना गुप्ताको नाम पनि आउँछ। फिल्ममा आमा, बहिनी तथा पीडितको भुमिकामा चर्चित नीनाले ८० को दशकमा वेस्ट इण्डिजका क्रिकेट खेलाडी विवियन रिचर्डससँग सम्बन्ध थियो। उनले विहे नगरिकनै एक छोरीलाई जन्म दिइन। विवियनले उनसँग विहे त गरेनन तर छोरीलाई बाबुको नाम दिएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१