बिहानै यी ५ चिज देखियो भने तपाईको पुरै दिन हुनेछ शुभ !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ श्रावण २०७५, मंगलवार ०५:३९

एजेन्सी । सामान्यतया हामीले भन्ने गरिन्छ बिहान अर्थात दिनको सुरुवाता राम्रो भो भने पुरा दिन नै राम्रो हुन्छ ।

धर्मशास्त्रहरुका अनुसार हामी बिहान उठ्ने वित्तिकै कस्ता चिजहरु देखियो भने शुभ र अशुभ हुन्छ भन्ने बताईएको छ । हामीले यहाँ बिहान उठ्ने बितिकै कस्ता चिज वा बस्तु देखियो भने शुभ हुन्छ त भन्ने बिषयमा सामान्य चर्चा गरेका छौं ।

श्रृंगार गरेकी स्त्री
विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ लाभ हुने संकेत हो जसले तपाइलार्इ लाभ मिल्न सक्छ ।

आगो
विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख छ ।

धर्मग्रन्थ
विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुने शास्त्रमा उल्लेख छ ।

गाई
विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ मानिन्छ भने कालो रंगको गाई देखिनु त अझ वढी उत्तम हो । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१