६ महिनामा प्रधानमन्त्री ओलीले ल्याए ३२ अंक ! फुलमार्क ल्याउन सक्लान ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो ६ महिना औसत बिताएका छन् । गत ३ फागुन २०७४ मा सत्ता सम्हालेका ओलीले राम्रो काम गर्न सकेका छैनन् ।

अर्धवार्षिक परीक्षामा उनले राम्रो नतिजा ल्याउन सकेनन् । उनी कुनै विद्यार्थीले १०० पूर्णांकमा ३२ नम्बर ल्याएजस्तै ‘केबल उत्तीर्ण’ मात्रै भएका छन् । आइतबार प्रकाशित नेपाल साप्ताहिकले यसैलाई कभर न्यूज बनाएर छापेको छ ।

साप्ताहिकले लेखिएको छ, ‘ओलीसँग यसअघि एकपटक प्रधानमन्त्री, गृह र परराष्ट्रमन्त्री भएको अनुभव छ । तर, यसपालि सुरुआती नतिजामा भने उनी औसत ठहरिए ।’

विश्लेषक विष्णु सापकोटाले ओलीको कार्यकालबारे नेपाल साप्ताहिकलाई दिएको प्रतिक्रियामा भनेका छन्, ‘सरकारी काम हेर्दा ओली ६ महिनामा उत्तीर्ण मात्रै भए । उल्लेख्य डेलिभरी छैन ।’

सरकारका अधिकांश मन्त्रीहरु दिशाविहीन, अपरिपक्व र कामचलाउ रहेको समाचारमा उल्लेख छ ।

समाचारमा लेखिएअनुसार राम्रो काम गर्ने आश गरिएका मन्त्रीहरु रामबहादुर थापा, प्रदीप ज्ञवाली, युवराज खतिवडा, वर्षमान पुन, रविन्द्र अधिकारी र गोकर्ण विष्ट पनि राम्रो काम गर्न नसकेको बताएको छ ।

सोमवार, साउन २८, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री