ट्रायल दिनेहरुका लागी खुशीको खबर : यसरी सजिलै निकाल्न सकिनेछ लाइसेन्स

काठमाडौँ । जतिसक्दो छिटो ट्रायल दिएर लाइसेन्स आफ्नो हातमा पारी हालौँ भन्ने सवारी चालकहरुका लागी खुशीको खबर छ । सरकारले ट्रायल स्टेप्समा परिर्वतन गर्दै यस भन्दा अगाडि आठ शेपबाट बाहिर निस्किने बेलामा र अन्य र्टनिगं लगायत यू र्टनिगंमा साइड लाइट दिनुपर्ने प्रावधान हटाउँदै नयाँ प्रावधानमा चार पाग्रेको ट्रायलमा साइड लाईट अब एक ठाउँमा मात्र दिए पुग्ने गरी नयाँ नियम ल्याएको छ ।

एकान्तकुना ललितपुर यातयात कार्याालयबाट सुजुकी डाइिभङस्कुलमा हुने चार पाग्रेको ट्रायलमा साइड लाईट अब एक ठाउँमा मात्र दिए पुग्ने गरी नयाँ नियम आएको छ । नयाँ नियमका अनुसार अबदेखी नेपाल सरकारको सुजुकी डाइिभङ स्कुलमा हुने ट्रायलमा पनि केबल यु र्टनिगंमा मात्र साइड लाइट दिए पुग्छ । दुइ पाग्रेमा भने पहिले देखीने यू टर्नमा मात्र साइड लाइट दिने प्राबधान रही आएको छ ।

नेपाल भरीको ट्रायलमा नयाँ ट्रायल नियमले परिक्षार्थीहरुलाई धेरै नै राहत पुग्ने बताइन्छ ।

सोमवार, साउन २८, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री