सिन्धुपाल्चोकमा दोस्रो पाँचपोखरी हाप म्याराथन हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ श्रावण २०७५, आईतवार ०५:४९

हरिशजङ्ग क्षेत्री र काठमाडौ साहसिक खेलकुद हाम्रो अभियान, धार्मिक क्षेत्र पाँचपोखरी राष्ट्रको पहिचान भन्ने बिषयलाई सात्मसात गर्दै भदौ १० गते देखी सिन्धुपाल्चोकमा दोस्रो पाँचपोखरी हाप म्याराथन हुने भएको छ् ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो पाँचपोखरी हाप म्याराथन आयोजक समितिले प्रतियोगिताका बारेमा जानकारी गराउनु भएको थियोे ।

सिन्धुपाल्चोक जिल्लाको उत्तर पश्चिम भेगको साविक भोताङ गाविसमा पर्ने धार्मिक एवं पर्यटनका हिसाबले अत्यन्तै महत्त्वपूर्ण मानिएको पाँचपोखरी प्रचारप्रसारका अभावले गुमनाम रहेका कारण यस क्षेत्रको प्रर्यटनको हबका रूपमा बिकास गर्न यो प्रतियोगिताको आयोजना गर्न लागेको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा बताए ।

अध्यक्ष लामाले यस क्षेत्रको बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गरिदिन सबै संचार माध्यमहरुलाई आग्रह समेत गर्नु भएको थिए । नेपाल सरकारले सन २०२० लाई नेपाल भ्रमण बर्षका रूपमा बनाउने निर्णयलाई पाँचपोखरी थाङ्पाल गाउँपालिकाले आयोजना गर्ने पाँचपोखरी हाप म्याराथन प्रतियोगिताले अहम् भुमिका खेल्नेमा नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर लिलाबहादुर बानियाँ ढुक्क छन् । कार्यक्रममा बोल्दै बानियाँले काठमाडौ देखी सबैभन्दा छोटो पर्यटन केन्द्रका रूपमा बिकास गर्न यो प्रतियोगिताले उल्लेख भुमरीका खेल्ने बताए ।

समुद्र सतहबाट करिब ४१ सय मिटरको उचाईमा पर्ने संसारकै ९ औं पोखरी हो । “प्रर्यटन प्रबर्द्धनका लागी खेलकुद” भन्ने मुल नाराका साथ हुन लागेको २४ किलोमिटरको हाप म्याराथन प्रतियोगितामा स्वदेश तथा बिदेशका १५० जना महिला पुरुष धावकहरुले सहभागीता जनाउने छन् । यस खेलकुद प्रतियोगिताले सिन्धुपाल्चोकमा पर्ने पर्यटन गन्तव्यहरु पाँचपोखरी, आमायाङरी, ड्यागन गुफा, हवेसि, रैथानेश्वर, च्योच्यो डाडा, नागी डाडा र ज्योवाथान डाडाको प्रबर्द्धनका निमित्त योगदान पुग्नेछ । साथै त्यहाका स्थानीयवासीहरुको सामाजिक आर्थिक बिकासमा टेवा पुग्ने प्रतियोगिताकी संयोजिक कान्छीमाया तामाङले बिश्वास व्यक्त गरिन ।

साथै यस प्रतियोगिताले नयाँ पुस्ताका खेलाडीहरुलाई म्याराथन खेलमा सक्रिय भएर राष्ट्रिय स्तरमा नयाँ प्रतिभाको रूपमा ल्याउम यस प्रतियोगिताले भुमिका समेत बताइन् । प्रतियोगितामा महिला पुरुष स्पर्धाका बिजेता खेलाडीहरुले पचास हजार, उप बिजेताले तीस हजार र तेस्रो हुनेले बीस हजार नगत रुपैयाँका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१