कागती र महका फाईदै फाइदा, मोटोपन घटाउने देखि अनुहारमा चमक ल्याउने सम्म !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ श्रावण २०७५, आईतवार ०५:०२

काठमाडौं । हामी मध्ये कतिपयलाई थाहा नहुन सक्छ रु हाम्रै आफ्नै भान्सामा स्वास्थ्यलाई राम्रो गर्ने अथवा फाइदा पुर्याउने विभिन्न किसिमका सामाग्रीहरु हुने गर्दछन् ।

हामी आफू स्वस्थ र तन्दुरुस्त बन्नका लागि बजारमा आउने अनेक किसिमका चीजबीजहरुको प्रयोग गर्नका लागि हजारौ रुपियाँ खर्च गरिरहेका हुन्छौं । सुन्दर र स्वच्छ छाला बनाउने चाहाना सबैको हुन्छ छाला राम्रो बनाउनकै लागि भनेर कतिपयले बिभिन्न मेकअपका सामाग्रीहरु प्रयोग गरिरहेका हुन्छन् ।

तर घरमै सुलभ हुने चिजको मद्दतले पनि तपाईं लामो समयसम्म प्राकृतिक सुन्दरता कायम गर्न सकिन्छ भन्ने थाहा नहुन सक्छ रु हरेक बिहान कागती र मह पानीमा घोलेर पिउँदा मोटोपनको समस्याबाट मात्र बचिँदैन, यसले स्किनलाई पनि निकै फाइदा पुर्याउने गर्छ ।

कागतीमा भएको एन्टिअक्सिडेन्टले नेचुरल ब्लिचिङको काम गर्छ भने महले स्किनलाई हाइड्रेट राख्न मद्दत पुर्याउँछ । यसका अलवा कागती र महको मिश्रणले अनुहारमा भएको डार्क स्पट्स, पिम्पल्स, रिंकल्स, ड्राइनेसको समस्या पनि टाढा भएर समेत जाने गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१