५४ बर्षीय गोमालाई अमेरिका भन्दा कक्षा ४ को पढाइ नै प्यारो !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ श्रावण २०७५, आईतवार ०४:५८

काठमाडौं । सुन्दा पत्यार नलाग्न सक्छ रु पोखराकी ५४ बर्षकी गोमा पराजुली कक्षा ४ मा पढ्दैछिन ।

एउटा सरकारी (जानकी आधारभूत)  बिद्यालय मा आफ्ना नाती–नातिनाको उमेरका केटाकेटीहरु संगै बसेर उनी दैनिक रुपमा स्कुल पुगेर पढ्ने गर्छिन् । पराजुलीलाई विद्यालयका शिक्षक शिक्षिकाले दिदी भनेर सम्बोधन गर्दछन् भने अन्य विद्यार्थीहरुले सुरुमा हजुरआमा, आमा, दिदी भनेर बोलाएपनि उनले साथी नै भनेर बोलाउन भनेपछि अहिले सबैले साथी नै भन्ने गरेका छन् ।

शुरुमा आफूले पढ्न जाने कुरा गर्दा आफन्तहरुले ‘मर्ने बेलामा हरियो काक्रो’ समेत भनेको अनुभव उनले सुनाईन् । बुढाबुढीसँग बसेर कुराकानी गर्नुभन्दा स–सना बालबच्चासँग बसेर पढ्दा थप ‘इनर्जी’ उत्पन्न भएको उनले बताईन् । स्मरण रहोस्, उनका जेठा छोराले पराजुलीका जेठा छोरा विकास पराजुलीले एक विमान तयार पारेर २०६४ सालमा पोखरा विमानस्थलबाट उडाएर देखाएका थिए ।

त्यस लगत्तै २०६४ साल फागुनमा श्रीमानको निधनप्रति सम्झदैं उनी भन्छिन् उहाँ पनि छोराको मेहनत हेरेर बित्नुभो अहिले ठुलो छोरा अमेरिकामा छ, कान्छो छोरा सहित सबै परिवार नै अमेरिका रहेपनि आफू अमेरिकामा जान भन्दा यहि रमाउन चाहेको बताईन् ।

शुरु–शुरुमा पराजुली स्कुलमा भर्ना हुँदा त्यहाँका शिक्षकहरु पनि अचम्ममा परेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०