ग्यास्ट्रिकबाट बच्न ध्यान दिनुस् यी कुरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ श्रावण २०७५, शुक्रबार ११:४२

काठमाडौं । आजभोलि ग्यास्ट्रिकका बिरामी बढेको चिकित्सकहरू बताउँछन्। अव्यवस्थित जीवनशैली र खानपानका कारण ग्यास्ट्रिकका बिरामी बढिरहेका हुन् । ग्यास्ट्रिकका बिरामीले खानपानमा विशेष सावधानी अपनाउनुपर्छ। भोको पेट बस्दा ग्यास्ट्रिकसम्बन्धी समस्या थप बढ्छ भन्ने गरिन्छ। अनुशासित खानपान र जीवनशैली अपनाउन सक्यौँ भने ग्यास्ट्रिकको समस्या कम गर्न सकिन्छ।

लक्षण
-भोक हराउनु ।
-छाती र पेटको बीचको खाल्टोवरिपरि दुख्ने ।
-पेट पोल्नु ।
-टाउको दुखेर हैरान पार्नु ।
-अम्लपित्त बढ्नु ।
-वाकवाकी लाग्नु ।
-बान्ता हुनु ।
-गनाउने सास आउनु ।
-रिंगटा लाग्नु ।

यस्तो खानपान
-पौष्टिक खानपानमा जोड दिने ।
-फाइबर र भिटामिनयुक्त होलग्रेन्स खाना, हरियो सागपात, क्याल्सियम, एन्टिअक्सिडेन्टलगायतका खानामा विशेष जोड दिने ।
-अमिलो जातका फलफूल, गेडागुडी, पिँडालु, प्याज, काउली, स्याउ, बेसार, ग्रिन टी, अंगुरलगायतका खानेकुरा पनि खाइरहनुपर्छ ।
-प्रचुर मात्रामा प्रोटिनयुक्त खाना माछा, मासु, कुखुरा, गेडागुडी खानाले ग्यास्ट्रिकसम्बन्धी समस्याबाट बच्न सकिन्छ ।

प्लस टिप्स
-सेकुवाजस्ता पोलेका खानेकुरा खानु हुँदैन ।
-यस्ता समस्या भएकाहरूले मद्यपान तथा धूम्रपान गर्नु हुँदैन ।
-नियमित समयमा सुत्ने र उठ्ने गर्नुपर्छ ।
-हरियो सागपात, सबै प्रकारका तरकारी, फलफूल, माछा, बोसोरहित मासु ग्यास्ट्रिकका बिरामीका लागि महत्वपूर्ण खाना हुन् ।
-समय–समयमा चिकित्सकसमक्ष पुगेर कस्तो खालको खाने, के नखाने भनेर जानकारी लिइरहनुपर्दछ ।
-मैदाबाट बनेका खानेकुरा, कोल्डड्रिंक्स, चिया, कफी सकेसम्म खानु हुँदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१