विमानमा बच्चा रोएपछि पूरै परिवारलाई विमानस्थलमै खसालेर उड्यो विमान

एजेन्सी । एक भारतीय परिवारले यूरोपको एक चर्चित एयरवेजले आफुँहरुलाई भेद्भाव गरेको गम्भीर अरोप लगाएका छन्। यतिमात्रै होईन भारतीय परिवारले भेद्भाव गरिएको बारे आफ्नो देशका नागरिक उड्यन मन्त्री र विदेश मन्त्री सुरेश प्रभूलाई चिठी पनि लेखेका छन्।

यस पत्रमा पीडित परिवारले भनेको छ, हामी भारतीय नागरिकमाथी गएिको भेद्भावप्रति उक्त एयरवेजले माफी माग्नुपर्छ । नाम चलेको यूरोपको उक्त विमानले उडान भरिसकेर उड्नै लाग्दा हामीलाई बाहिर निकाल्यो र विमान उड्यो । कारण थियो विमानभित्र सानो बच्चा रोयो।

प्लेन जब उड्ने वाला थियो तब बच्चा चुप भइसकेको थियो तर क्याबिनका स्टाफको अभद्र व्यवहारका कारण बच्चा डराएर झन् रुन थाल्यो ।

यसपछि फेरी विमान टर्मिनलमा फर्किएर भारतीय परिवार अन्य केही यात्रुलाई बाहिर निकाल्यो । भारतीय परिवारले एयरलाईनसले गरेको यो अन्यायको उड्यनमन्त्री सुरेश प्रभू र विदेशमन्त्री सुष्मा स्वराजलाई पनि जानकारी गराएको हो। घटना गत २३ जुलाईका दिन भएको थियो । त्यो परिवार ब्रिटिश एयरवेजको लंदन बर्लिन फ्लाईटमा सवार थिए।

शुक्रबार, साउन २५, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री