ट्याटू खोपाउने सोख छ ? सचेत रहनुहोस्, यस्ता समस्या निम्त्याउँछ !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ श्रावण २०७५, शुक्रबार ११:३०

काठमाडौं । कतिपय व्यक्तिलाई ट्याटू खोपाउने सोख हुन्छ । तपाईलाई थाहा नहुन सक्छ, फेसन र स्टाइलका नाममा खोपाईने ट्याटूले थुप्रै रोगहरु निम्त्याउन सक्छ ।

ट्याटू बनाउँदा छालामा संक्रमणका साथै विभिन्न समस्या देखिन सक्छन् । यहाँ हामीले ती समस्याका बारेमा चर्चा गरेका छौं ।

-ट्याटू बनाउँदा प्रयोग हुने मसीबाट छालासम्बन्धी समस्या हुन सक्छ । कतिपयलाई ट्याटूले एलर्जी समेत हुन्छ ।
-ट्याटू बनाउने मसीमा विभिन्न धातुहरुको प्रयोग गरिएको हुन्छ, जसले छालामा नोक्सानी पुर्याउछ ।
-ट्याटूबाट हुने छालासम्बन्धी समस्यामध्ये सोराइसिस पनि एक हो । यो भएमा उपचार गाह्रो छ ।
-ट्याटू बनाउँदा प्रयोग हुने सुई धेरै व्यक्तिलाई प्रयोग गरिने हुँदा संक्रमणको डर हुन्छ ।
-ट्याटू बनाउँदा कतिपयलाई छाला रातो हुने हुन्छ ट्याटू बनाएको भागमा दाना निस्कने, सुन्निने लगायतका समस्या हुन्छ ।
यसबाहेक ट्याटू बनाउँदा ब्याक्टेरियल इन्फेक्सन पनि हुन सक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१