कैलालीको देउती गुडका उद्योगमा बम विस्फोट

धनगढी । कैलालीको लम्कीचुहानगरपालिका–१ स्थित देउती गुडका उद्योग परिसरमा अज्ञात समूहले बम विस्फोटन गराएको छ।

विस्फोटनबाट उद्योगको बाहिरी पर्खाल र छानामा क्षति पुगेको लम्की प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताएका छन्। स्थानीयवासी यज्ञबहादुर ओलीको उक्त उद्योग परिसरमा सकेट बम विस्फोट गराइएको जनाइएको छ।

यसअघि यही साउन २ गते उक्त उद्योग नजीक फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको थियो। टीकापुर जाने सडकको भित्रपट्टिको सडक छेउस्थित उद्योग परिसरमा बम फेला परेपछि स्थानीयवासी त्रसित छन्।

शुक्रबार, साउन २५, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री