रोटरी क्लब दरबारमार्ग काठमाडौंद्वारा सामाग्री हस्तान्तरण

काठमाडौं । रोटरी क्लब दरबारमार्ग काठमाडौंद्वारा स्कुलको लागि आवश्यक पर्ने सामाग्रीहरु  हस्तान्तरण कार्यक्रम बुधबार आनन्द इभेन्ट्समा सम्पन्न भएको छ ।
रोटरीका डिस्ट्रिक्ट गभर्नर पूर्व गभर्नरहरु सहित रोटरी क्लब दरबारमार्गका अध्यक्ष  सकुन्दराज  अर्यालले हस्तान्तरण गरेका थिए ।

उक्त अवसरमा रोटरी क्लब दरबारमार्गका अध्यक्ष अर्यालले क्लबद्धारा प्रदान गरिएका

५०० प्रति रेनकोट सहित स्कुलका लागि आबस्यक पर्ने सामाग्री अति उपयोगी हुने बताउनुभयो । रोटरी क्लब पनि समाज सेवा गर्ने उद्देश्यसाथ अगाडि बढेको संस्था भएकोले यस क्षेत्रमा सबै मिलेर काम गर्दा सहजता आउने र आगामी दिनमा समेत सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा रोटरी क्लब दरबारमार्गका सदस्य सहित आगन्तुक पाहुना समेत गरि १०० भन्दा बढीको  उपस्थिति रहेको थियो ।

बिहिबार, साउन २४, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री