के हो यो सन्त्रासपूर्ण हिस्टेरिया ?

बेलाबेलामा गाउँ ठाउँमा अज्ञात भनिने रोगबाट मानिसहरु बेहोस हुने, शरीरका विभिन्न भागहरु अनौठो पाराले चलाउने र लड्ने गरेको सुनिन्छ । कतिपय समयमा एकैपटक धेरै मानिसलाई सताउँदा आम सञ्चारको समाचार बन्ने गरेका छ । गलत तरीकाबाट सूचना संवाह हुँदा सन्सनी नै फैलिन्छ ।

यस्तो अवस्थामा देख्ने सुन्ने मानिसहरुमा पनि एक प्रकारको भय फैलिनु अस्वभाविक होइन । कहिले काहीँ त स्कूल वा होस्टेलहरु पनि बन्द गर्नुपर्ने अवस्थासम्म आइपर्छ । त्यस्तो परिस्थितिमा कतिपय मानिसहरु देवी देउताको प्रकोप भन्दै धामी झाँक्रीको पछि लाग्ने वा कोही कोही बिरामीमा अनावस्यक रुपले सलाइन पानीलगायत अन्य औषधिको प्रयोग हुने गरेको देखिन्छ । यसरी, बहुआयामिक दृष्टिकोणले सन्त्रालस फैलाउने यो अवस्थालाई दुई हजार वर्ष पहिलादेखि यसलाई हिस्टेरिया भनिन्छ ।

तर, यो हिस्टेरिया भन्ने नाम आफैंमा त्रूटीपूर्ण छ । हिस्टेरिया र कारण महिलाहरुमा मात्र देखेर त्यसबेला हिपोक्रेट्स भन्ने चिकित्सकले स्त्री प्रजनन् अंग पाठेघरसँग सम्बन्धित भन्ठानेर हिस्टेरिया भन्ने नामाकरण गरेपनि पछि आएर यस रोगले पुरुष, महिला, बालक, वयस्क, वृद्ध सबैलाई सताएको पाइयो । यौनसँग सम्बन्धित नभइ हरेक खालका तनाव, चिन्ता, कुण्ठासँग सम्बन्धित भएको पुष्टि हुन गयो । कतिपय बेलामा पीर, चिन्ता, कुण्ठा, व्यथा वा तनाव प्रष्ट हुँदैन । तर तनाव नै हिस्टेरियाको कारण हो र तनाव बिना हिस्टेरिया हुँदैन ।

तनाव पढाइ, सम्बन्ध, नातागोता, अर्थ, इज्जत, यौन, स्वास्थ्य सम्वन्धि वा जीवनका यावत् समस्याहरुबाट श्रृजित जस्तोसुकै हुनसक्छ । यस्ता मानसिक तनावहरु समाधान भएनन्, व्यक्त हुन सकेनन् भने मानसिक द्धन्द्ध वा छट्पटीको श्रृजना हुनपुग्छ । बिरामीको चेतना अवस्थामा रहेका यस्तो तनाव अचेतन अवस्थामा पुग्नसक्छ ।

यो प्रक्रिया बिरामीले चाहेर हुने वा जानीजानी गर्ने होइन । कतिपय अवस्थामा शारीरिक लक्षणका रुपमा प्रकट हुने हुनाले यसलाई कन्र्भसन डिसअडर र मानव मष्तिस्कका विभिन्न क्रियाकलापहरु ९चेतना, चाल, इन्द्रीय वा स्मरण इत्यादि० का बीचमा सामञ्जसय वा सन्तुलन नहुने हुनाले म्ष्ककअष्बतष्खभ मष्कयचमभच भनेर चिनिन्छ । एकै समय वा छोटो अवधिमा एकपछि अर्को गर्दै धेरै व्यक्तिलाई सताएको अवस्थालाई मास हिस्टेरिया भनिन्छ । व्यक्ति र हिस्टेरिया यसले सबै लिङ्ग, उमेर, धर्म, जाति, वर्गलाई सताएको देखिन्छ ।

पुरुषमा यो महिलाको तुलनामा निक्कै कम मात्र भएको पाइन्छ । सामाजिक र मनोवैज्ञानिक कारणले गर्दा तनाव र पीडा महिलाले मनभित्रै गुम्स्याएर राख्नु यसको कारण हुनसक्छ । सामाजिक रुपमा खुला स्वतन्त्र वातावरण भएका देशमा विकासशील देशमा भन्दा यो समस्या महिलामा पनि कम देखिन्छ ।

समस्या मनभित्र गुम्स्याएर राख्ने अन्र्तमुखी स्वभाव भएका व्यक्तिहरुमा यो समस्या हुने सम्भावना अत्याधिक हुन्छ । अरुबाट आफ्नो गुणगान खोज्ने, आफ्नो क्षमता, रुप, गुण, ज्ञान, धनसम्पतिको प्रशंसाको अधिक चाहना राख्ने व्यक्ति बाहिरी काररणहरुबाट बिचलित हुने सम्भावना पनि धेरै हुन्छ ।

तनावको उमेरमा टेक्ने बेला किशोरावस्थामा समस्या समाधान गर्ने क्षमता वा अनुभव कम हुने हुनाले तनाव भई यो समस्या हुने सम्भावना पनि बढी हुन्छ । तर ५÷६ वर्षदेखि वयस्क र वृद्ध उमेरमा पनि यो समस्या हुनसक्छ । सानो तिनो समस्या वा पीडा पनि समाधान वा सहन गर्न नसक्ने मानिसहरु पनि यसबाट प्रस्त हुनसक्छन् ।

हिस्टेरिया र विवाह धेरैजसो मानिसहरु विवाह गरिदिएमा यो समस्या हल हुने विचार राख्दछन् । विवाहद्धारा कसैलाई पहिलेको तनाव वा चिन्ता युक्त स्थितिबाट मुक्ति मिलेर यो समस्या ठीक भएको हुनसक्छ । विवाहपछि तनाव उत्पन्न भएमा र समस्या समाधान हुन नसकेको परिस्थितिमा यस्तो लक्षण उत्पन्न हुनसक्छ ।

त्यसैले, यो समस्याको उपचार विवाह नभै तनावको निदान र समस्याको समाधान हो । हिस्टेरिया र मनोरोग थरिथरि मनोरोगहरुमा तनाव सहन र समाधान गर्ने क्षमताको ह्रास भएर यो समस्या उत्पन्न हुनसक्छ । यस्तो समस्या भएका मानिसहरुमा पछि गएर अन्य थरिथरिका मनोरोगहरु पनि हुन सक्छन्, । जस्तै उदासीन वा आत्तिने मनोरोग, आत्मघाती व्यवहार । व्यक्ति आफैंले समस्या वा तनावको पहिचान गर्न त्यति सजिलो नहुन सक्छ । त्यसैले, यी बिरामीहरु अन्य कुनै व्यक्ति वा चिकित्सकको सहायता बिना ठीक हुन मुस्किल हुन सक्छ ।

हिस्टेरिया र समाज सञ्चार माध्यमको सम्पर्कमा नरहने गाउँलेहरु, अशिक्षित अविकशित मुलुकका वा मनोवैज्ञानिक रुपमा अपरिपक्क र अरुको बहकावमा सजिलै विश्वास गर्ने सीधासाधा अनुभवहिन समुदायमा एकजना व्यक्तिलाई यस्तो समस्या भएपछि एकपछि अर्को गर्दै धेरै जना मानिसलाई यो समस्याले छोप्न सक्छ र मास हिस्टेरियाको सृजना हुनसक्छ । हाम्रो गाउँ ठाउँमा यस्तो घटना यदाकदा देख्न सुन्नमा आइरहन्छन् । सञ्चार माध्यमले सन्सनीको रुपमा प्रचार गरि दिएमा त झन बढ्न सक्छ । यस्तो अवस्थामा सही जानकारी र ज्ञान उपयुक्त ढंगले सञ्चार गर्न जरुरी हुन्छ ।

हिस्टेरिया र हाम्रो दायित्व यो समस्याको कारणले गर्दा कोही बेहोस भए वा कामेको खण्डमा आत्तिनु हुँदैन । त्यस्तो अवस्थामा जवर्जस्ती बिरामीको मुख खोल्नु, मुखमा केही रादिदिनु, हातखुट्ट चलाउनु पनि हुँदैन । बिरामीलाई सुरक्षित ठाउँमा राखेर आराम गर्न दिनुपर्छ । यो रोग वा अन्य के कारणले बेहोस भयो भनी पत्ता लगाउन स्वास्थ्यकर्मीको सहायता लिनुपर्छ ।

यो समस्याको कारण भएमा केही समयपछि बिरामीको होस आउँछ । पीरमर्का वा समस्या समाधान हुन, व्यक्त गर्न सकेन भने मानसिक द्धन्द्धको स्थितिमा बिरामीले क्षणिक रुपमा तनावबाट राहत पाउँछ । यस्तो अवस्थामा परिवारजनबाट प्राप्त अत्याधिक ध्यान र बिरामी हुनुका अतिरिक्त सहुलियत वा फाइदाले यसको लक्षण बढ्नसक्छ ।

यो समस्याको उपचार भनेकै बिरामीलाई परेको पीरमर्का, चिन्ता वा तनावको पहिचान गरी समाधान गर्नु हो । सामान्य र क्षणिक रुपमा तनाव काम गर्ने औषधि बाहेक यसको औषधि हुँदैन । समस्याको पहिचान र निदान नै दिगो समाधान हो ।
तनावको पहिचान नभएको परिस्थितिमा यो समस्या दोहोरिराख्न सक्छ । जनमानसमा यस रोगबारे जानकारी नहुँदा अज्ञानताका कारण तनाव भएर पनि यो अवस्थाको सृजना हुनसक्छ । अतः यस रोगबारे सर्वसाधारण सचेत हुन जरुरी छ । बिरामीको मनमा गुम्सिएको व्यथा कुुण्ठा व्यक्त गर्ने वातावरणको सृजना गर्नु र मानसिक रुपमा सहारा दिनु उपचारका अभिन्न अङ्ग हुन् ।

बिहिबार, साउन २४, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री