स्वास्थ्य मन्त्रालयमा घुस आतंक, करारको नियुक्तिमा समेत घुसको बार्गेनिङ !

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवादेखि करारका नियुक्तिमा समेत घुसको बार्गेनिङ हुँदैआएको छ । उपप्रधानमन्त्री समेत रहेका स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई राम्रो छविका भनेर सबैले लिने गर्दछन् ।

तर उनको मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीले करारमा छनोट भएका डाक्टरहरुलाई नियुक्तिको पत्र दिन घुस मागेर हैरान पार्दै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सुशासनको नारालाई बुर्लाकोटी जस्ता सहसचिवले नै धज्जी उडाएका छन् । करारका डाक्टरहरु नियुृक्तिका लागि दैनिक धाउने गरेका छन् । तर सहसचिव बुर्लाकोटीले एउटा न एउटा बहानामा झुलाउँदै आएका छन् । उनले मन्त्रालयमा घुस संकलनका लागि प्रशासनका शाखा अधिकृत प्रेम दुवालाई परिचालन गरेका छन् ।

दुवासँग भेट गरी दररेट अनुसार घुस बुझाएपछि मात्र करारका डाक्टरले नियुक्ति पत्र पाउने गरेका छन् । सहसचिव बुर्लाकोटी प्रधानमन्त्री ओलीको समेत बदनाम गर्न उद्यत छन् । उनले प्रधानमन्त्री ओलीका निकट आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल आफ्नो पक्षमा भएकाले जहाँ जे भने पनि केही नहुने भन्दै सरुवा र नियुक्तिमा असुलिरहेको दृष्टि साप्ताहिकले खबर लेखेको छ । ढकालले नै आफूलाई स्वास्थ्यमा सरुवा गराएको भनेर उनले ढकालकै बेइज्जत गरेका छन् ।

त्यसैगरी, मन्त्रालयका सरुवामा समेत बुर्लाकोटीले तिनै दुवा मार्फत् घुस संकलन गरेपछि मात्र सदर गर्दैआएका छन् । मन्त्रालयका तल्लो तहदेखि अधिकृतस्तरसम्मको सरुवामा दररेट अनुसार बुर्लाकोटीका दूत दुवालाई पैसा दिएमात्र हुन्छ । अन्यथा सरुवा नै हुदैन् । शाखा अधिकृत बुर्लाकोटी अर्थमन्त्रालयबाट भिटो प्रयोग गरी स्वाथ्य मन्त्रालयमा सरुवा भएका हुन् ।

उनको काम नै सरुवा र नियुक्तिमा घुस संकलन गर्ने हो । सचिव डा।पुष्पा चौधरीलाई समेत बुर्लाकोटी र दुवाको समूहले घुसको भागबण्डा लगाउने गरेको छ । मन्त्री यादवका स्वकीय सचिव जीतेन्द्र यादव र सल्लाहकार बताउने कृष्णकुमार राईको असुली आतंक उस्तै छ । साप्ताहिक दृष्टिमा खबर छ ।

बिहिबार, साउन २४, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री