काजोलको नयाँ फिल्म ‘ईला हेलिकप्टर’को ट्रेलर रिलिज, देखिँदैछिन् फरक भूमिकामा (भिडियो)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ श्रावण २०७५, मंगलवार १४:१०

काठमाडौं। बलिउड अभिनेत्री काजोलको नयाँ फिल्म ‘ईला हेलिकप्टर’को ट्रेलर रिलिज भएको छ । फिल्मको ट्रेलर काजोलको ४४औं जन्मदिनमा आइतवार सार्वजनिक गरिएको छ ।

प्रदीप सरकारले निर्देशन गरेको फिल्ममा काजोलबाहेक नेहा धूपिया पनि देखिनेछिन् । आमा र छोराको सम्बन्धमा बनेको यो फिल्म गुजराती नाटक बेटा कागडूमा आधारित छ । यसलाई शिप अफ थिसियसका आनन्द गान्धीले लेखेका हुन् ।

फिल्ममा काजोल एकल आमाको भूमिकामा छिन् । उनी आफ्नो छोरा हुर्काउनका लागि सबै सपना अधुरै छोड्छिन् । काजोल पछिल्लो पटक सन् २०१५ मा रिलिज भएको फिल्म ‘दिलवाले’मा देखिएकी थिइन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१