भक्तपुरको इनकाउन्टरमा परेका अपहरणकारीहरु डेराबाट पक्राउ परेको घरबेटीको दाबी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ श्रावण २०७५, मंगलवार १४:०५

भक्तपुर । हिजो प्रहरी इनकाउन्टरमा मृत्यु भएका दुई अपहरणकारीहरु डेराबाट पक्राउ परेको तिनका घरबेटीले दाबी गरेका छन् । यसले  प्रहरी इनकाउन्टरमा प्रश्न उठेको छ । प्रहरी इनकाउन्टरमा हिजो बालक निशान खड्काको अपहरण गरी हत्या गरेको भनिएका गोपाल तामाङ र अजय तामाङकोे ज्यान गएको थियो ।

अपहरणकारीहरुलाई प्रहरीले भक्तपुरस्थित निजहरुको डेराबाटै प्रहरीले पक्रेको स्थानीयबासीको भनाइ छ । घरबेटी श्याम लबटले पनि उनीहरुलाई डेराबाट पक्रेर प्रहरीले पिट्दै नियन्त्रणमा लिएको बताएका छन् । लबटले भनेका छन्– ‘पछि एकदम पिटे क्या उनीहरुले । अनि मैले लेडिजलाई सोधें– के हो म्याम ?  हिजो बच्चा अपहरणको केश छ, त्यही भएर आएको भनिन् । धेरै पिट्यो क्या ।’ प्रहरीको गोली लागी मृत्यु भएका गोपाल तामाङलाई मुख्य अपराधी भनिए पनि अर्का अजय तामाङ पनि अपहरणकारी नै हुन् या मतियार मात्रै हुन् भन्ने खुल्नै नपाई प्रमाण नष्ट भएको छ ।

कानून अनुसार मतियारलाई आधामात्रै सजायँ हुन्छ । तर, अजय तामाङ पनि मुख्य अभियुक्तसँगै मारिएका छन् ।स्थानीयको दाबी विपरीत प्रहरीले भने घ्याम्पेडाँडा जाने बाटोमा अपहरणकारीसँग दोहोरो फायरिङ भएको र इन्काउन्टरमा परेर मरेको बताएको छ ।

अपहरणकारीको नियन्त्रणमा रहेका बालकलाई प्रहरीले बचाउन सक्ने अवस्था थिएन । तर, यो अपराधमा प्रहरीले बालकलाई मात्र होइन, प्रमाणलाई समेत बचाउन सकेन । अपहरणकारीलाई घुँडाुमनिसम्म गोली हानेर नियन्त्रणमा लिइएको भए प्रमाण जोगिन सक्थ्यो र यो घटनाका अन्य पाटाहरु पनि खुल्ने थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१