दिमागमा नराम्रो विचार आउन दिँदैन यो रसायनले, अनुसन्धानले लगायो पत्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ श्रावण २०७५, मंगलवार ०६:१३

काठमाडौं । वैज्ञानिकहरूले व्यक्तिको दिमागलाई नियन्त्रण गर्ने एक रसायन खोजेका छन्। यस रसायनको सहायताले दिमागमा आउने नराम्रो विचार र यादहरू मेट्न सकिन्छ। रसायनले दिमागको स्मरण क्षेत्रमा असर गर्नेछ।

जर्नल अफ नेचर कम्युनिकेसन्समा प्रकाशित अनुसन्धान निष्कर्षअनुसार, दिमागमा विचार आउने नआउने कुरा न्युरोट्रान्समिटरमा निर्भर रहन्छ। यो दिमागको नर्भ सेलमा सन्देश पु–याउने एक किसिमको रसायन हो।

वैज्ञानिकहरूका अनुसार, गाम्मा अमिनोबुटाइरिक एसिड वा गाबाले स्नायु गतिविधिलाई नियन्त्रण गर्छ । यसले बाँकी नर्भ सेलको कामलाई प्रभावित गर्छ ।

क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक माइकल एन्डरसनका अनुसार, गाबाले दिमागको स्मरण भण्डारण गर्ने क्षेत्र हिप्पोक्याम्पसमा दखल दिएर पुराना यादहरू र नराम्रा विचारलाई रोक्न सहायता गर्छ । यही क्षेत्रले व्यक्तिका भावना, शर्ट टर्म मेमोरी र लङ टर्म मेमोरीलाई भण्डारण गर्न सहायता गर्छ ।

एन्डरसनका अनुसार, एक परीक्षणमा गाबाको प्रयोग स्ट्रेस, डिप्रेसन वा कुनै घटनाबाट घात पुगेका मानिसमाथि गर्दा उनीहरूको खराब यादहरू सजिलै बिर्सन सहायता पुग्यो । अर्को शब्दमा भन्दा मानिसले आफ्नो दिमागमा नियन्त्रण गर्न सके।

एन्डरसनका अनुसार, यसलाई सप्लिमेन्टका रूपमा लिन सकिन्छ । यसले मानिस डिप्रेसनबाट पनि बच्न सक्छन्। एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१