यसकारण पो कम रहेछ देब्रे हातले लेख्नेहरूको सङ्ख्या !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ श्रावण २०७५, सोमबार ०५:४३

बीबीसी । नेपाली समाजमा मात्रै होईन संसारकै अधिकांस मानिसको दाहिने हात बढि चल्ने गर्दछ। बाल्यकालमा केही समाउन र खेल्न सिक्ने बेलैमा बच्चाहरुले दुवै हातको प्रयोग गर्दछन्। तर उमेर र बल बढ्दै जाँदा बच्चाहरुले दुईवटै हातको प्रयोग गर्दछन्। त्यसपछि बच्चा बढ्दै जाँदा कतिपयले देब्रे हात चलाउँछन् भने अधिकांसले दाहिने हातको प्रयोग गर्न थाल्छन्।

नेपाली समाजमा बच्चालाई बढि दाहिने हातको प्रयोग गर्न सिकाईन्छ। किनभने मान्छेहरुले देब्रे हातको भन्दा दाहिने हातको प्रयोग गर्दछन् । नेपाली समाजमा देब्रो हातले दिसा धुने पिसाब सफा गर्ने भएकाले पनि यो हातको कम प्रयोग गर्ने गरिएको हो र कम प्रयोग गर्न पनि लगाईएको सुनसक्छ।

हाम्रो शरीरमा एउटा विशेष खालको असन्तुलन छ। फोनमा कुरा गर्दै केही लेख्नुपरेमा हामी देब्रे कानमा फोन राख्छौँ र दाहिने हातले लेख्छौँ। सालाखाला ४० प्रतिशत मानिसले देब्रे कानको, ३० प्रतिशतले देब्रे आँखाको र २० प्रतिशतले देब्रे खुट्टाको प्रयोग गर्छन्। तर हातको कुरा गर्नुपर्दा संसारमा केवल १० प्रतिशत मानिसले मात्रै देब्रे हातको प्रयोग गर्छन्।

तर वैज्ञानिक अनुसन्धानबाट आधा सङ्ख्यामा चिम्पाञ्जीहरूले देब्रे हातको र आधा सङ्ख्यामा दाहिने हातको प्रयोग गर्ने गरेको देखिएको छ। हामीले हाम्रा हातको प्रयोग शुरू गरेकोबारे जान्न मान्छेको विकासको इतिहास खोतल्नुपर्ने हुन्छ। ुनियान्डर्थलु मानवका दाँतबाट यसको सङ्केत मिल्छ। हातको प्रयोग मज्जाले सिकिसके पनि तिनीहरू केही अव्यवस्थित थिए।

दाँतले नै कोतरेर तिनीहरूले मासु खान्थे। मासु काट्नलाई तिनीहरूले अलि बढी बल चाहिने हातको प्रयोग गर्थे। तिनीहरूले जसरी औजारको प्रयोग गर्थे त्यसको बनोट हेरेर तिनीहरूले कुन हातले खाना समाउँथे र कुन हातले औजारको प्रयोग गर्थे भन्नेबारे अनुमान लगाउन सकिन्छ।

अनुसन्धानकर्ताहरूका अनुसार ‘नियान्डर्थल’ मानवले पनि दाहिने हातको बढी प्रयोग गर्थे। तिनीहरूमा पनि १० जनामध्ये एकजनाले मात्रै देब्रे हातको प्रयोग गर्थे। जुन प्रवृत्ति अहिले मान्छेमा देखिन्छ। देब्रे वा दाहिने हातको प्रयोग गर्न मान्छेलाई केले प्रेरित गर्छ भन्ने कुरा पत्ता लगाउन अनुसन्धानकर्ताले प्रयास जारी राखे पनि अहिलेसम्म उत्तर भेटिसकेका छैनन्।

प्रश्न यो पनि छ कि देब्रे हातको प्रयोग गर्ने मानिसहरूको जीवनमा के त्यसको कुनै असर हुन्छरु यो विषयमा लामो समयदेखि बहस चल्दै आएको छ। हाम्रो देब्रेतिरको मस्तिष्कले दाहिने हातलाई र दाहिनेतिरको मस्तिष्कले देब्रे हातलाई नियन्त्रण गर्ने गरेको बताइन्छ।

युनिभर्सिटी कलेज लण्डनस्थित मनोविज्ञान विषयका प्राध्यापक क्रिश म्याकमेनसका अनुसार देब्रे हातको प्रयोग गर्नेहरू बढी क्षमतावान् हुन्छन्। उनको यो बुझाइप्रति अरू अनुसन्धानकर्ता चाहिँ सहमत देखिँदैनन्। अक्सफोर्ड युनिभर्सिटीकी प्राध्यापक डोरोथी बिशप देब्रे हातको प्रयोग गर्छिन्। उनलाई लाग्छ उनी अरूभन्दा भिन्न छिन्।

उनी भन्छिन्, ुडिस्लेक्सिया अर्थात् पढ्न(लेख्नमा हुने समस्या र अटिज्म जस्ता रोग देब्रे हात प्रयोग गर्नेहरूलाई हुने गर्छ भन्ने दावीहरू पनि छन्। अर्कोतर्फ सकारात्मक कुरा पनि छ। शिल्पकार र सङ्गीतकारहरूले धेरैजसो देब्रे हातको प्रयोग गर्छन्। विज्ञानले यतिसम्म फड्को मारिसकेको छ कि बच्चा गर्भमै रहँदा जन्मेपछि उसले देब्रे अथवा दाहिने कुन हातको प्रयोग गर्नेछ भनेर थाहा पाउन सकिन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१