साउथ इण्डियन फिल्मका टप १० हिरोइन जो दक्षिण भारतका होइनन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ श्रावण २०७५, शनिबार ०५:२६

एजेन्सी। अमिताभ बच्चनसँग फिल्म ‘पिंक’मा काम गरिसकेकी साउथ इण्डियन हिरोइन तापसी पन्नु हिजो अगष्ट १ मा ३१ वर्षकी भइन् । १ अगष्ट १९८७ मा जन्मिएककी तापसी अहिले बलिउडमा सक्रिय छिन् । उनले हिरोइनको रुपमा तेलुगु फिल्म ‘झुम्मांडी नादम’बाट करिअरको सुरुवात गरेकी थिइन् । तापसीलाई दक्षिण भारतका सुपरस्टार हिरोइनमा गनिन्छ । दक्षिण भारतमा चर्चित तापसी आफू भने दक्षिण भारतीय होइनन् ।

तापसीजस्तै साउथ इण्डियन फिल्मका धेरै चर्चित हिरोइनहरु दक्षिण भारतका होइनन् । उनीहरु बाहिरका विभिन्न ठाउँबाट दक्षिण भारतीय फिल्ममा पुगेर त्यहाँ एकछत्र राज गरिरहेका छन् । उदाहरणको लागि कोही मुम्बइका हुन् भने कोइ दिल्लीका त कोही उत्तर प्रदेश कोही पंजाबमा छन् । आउनुहोस् साउथ इण्डियन फिल्मका १० हिरोइनको बारेमा जानौं जो दक्षिण भारतीय होइनन् तर पनि दक्षिण भारतीय फिल्ममा सुपरस्टार छन् ।

१. तापसी पन्नु (दिल्ली): मोडलिङबाट अभिनयमा आएकी तापसी मूल रुपले दिल्लीकी हुन् । तापसीले बलिउडमा पनि काम गरेकी छिन् । बलिउडमा चश्मेबद्दुरबाट डेब्यू गरेकी तापसीले अक्षय कुमारसँग बेबी, नाम शबाना लगायत फिल्ममा समेत काम गरेकी छिन् ।

२. नमिता (सूरत, गुजरात): नमिता १० मे १९८१ मा गुजरातको सूरतमा जन्मिएकी हुन् । नमिताले २००२ मा तेलुगु फिल्म सोंथमबाट डेब्यू गरेकी थिइन् ।

३. हंसिका मोटवानी (मुम्बइ): १० वर्षको उमेरमा ‘शाकालाका बूम बूम’ बाट टिभीमा डेब्यू गरेकी हंसिका ९ अगष्ट १९९१ मा मुम्बइमा जन्मिएकी हुन् । उनले हिमेश रेशमियाँको फिल्म आपका सुरुरबाट हिरोइनको रुपमा डेब्यू गरेकी थिइन् । उनले कन्नड, तमिल, तेलुगु भाषामा २६ भन्दा बढी फिल्म गरिसकेकी छिन् ।

४. इलियाना डिक्रुज (पुणे महाराष्ट्र): १ नोभेम्बर १९८७ मा पुणेमा गोवानी क्याथोलिक परिवारमा जन्मिएकी इलियानाको मातृभाषा कोंकणी हो । उनले २००६ मा देवदासूबाट डेब्यू गरेकी हुन् । २०१२ मा अनुराग वासुको फिल्म बर्फीबाट बलिउड डेब्यू गरेकी इलियाना दक्षिण भारतमा चर्चित हिरोइन हुन् ।

५. काजल अग्रवाल (मुम्बइ): बलिउडमा अजय देवगनसँग सिंघममा काम गरिसकेकी काजल दक्षिण भारतमा तुलुगु फिल्ममा सक्रिय छिन् । १९ जून १९८५ मा काजलको जन्म मुम्बइमा भएको थियो । काजल दक्षिण भारतमा धेरै पारिश्रमिक लिने हिरोइनमा गनिन्छिन् । उनले जनता ग्यारेजमा आइटम नम्बरको लागि ५० लाख लिएकी थिइन् ।

६. तमन्ना भाटिया (मुम्बइ): २१ डिसेम्बर १९८९ मा मुम्बइमा जन्मिएकी तमन्ना दक्षिण भारतमा टप हिरोइनमा गनिन्छिन् । एकपछि अर्को ब्लकबस्टर फिल्म दिएकी तमन्ना साउथ इण्डियामा आइटम नम्बरकै लागि १ करोड लिन्छिन् । उनले स्पिडोन्नुडुमा आइटम डान्सकै लागि १ करोड लिएकी थिइन् ।

७. चर्मी कौर (पंजाब): चर्मी कौरको जन्म १७ मे १९८७ मा पंजाबी शिख परिवारमा भएको थियो । उनको पढाइ भने मुम्बइमा गरिन् । उनी तेलुगु फिल्ममा सक्रिय छिन् । चर्मीले शाहिद कपुरको फिल्म आर राजकुमारमा पनि आइटम डान्स गरेकी छिन् ।

८. नेहा शर्मा (भागलपुर, बिहार): बिहारको भागलपुरमा जन्मिएकी नेहा शर्माले दिल्लीबाट फेशन डिजाइनिङ कोर्स गरेकी छिन् । उनका पिता भागलपुरमा कांग्रेस पार्टीबाट विधायक छन् । नेहाको डेब्यू फिल्म चिरुथा थियो जसमा उनी राम चरणको अपोजिट देखिएकी थिइन् ।

९. भूमिका चावला (दिल्ली): सलमान खानसँग फिल्म तेरे नामबाट चर्चित भएकी तेलुगु हिरोइन भूमिका चावलाको जन्म २१ अगष्ट १९७८ मा दिल्लीमा एक पंजाबी परिवारमा भएको थियो । उनले २००० मा तेलुगु फिल्म युवाकुडुबाट डेब्यू गरेकी हुन् ।

१०. जेनेलिया डिसुजा (मुम्बइ): ५ अगष्ट १९८७ मा मुम्बइमा जन्मिएकी जेनेलिया डिसुजा पनि साउथ फिल्ममा चर्चित छिन् । एक समय उनका फिल्मलाई साउथमा प्रतिबन्ध लगाउनुपर्ने आवाजसमेत उठेको थियो ।

२०१० मा श्रीलंकामा भएको आइफा अवार्ड साउथ इण्डियन स्टारहरुले बहिष्कार गरेका थिए । २००९ मा भएको हिंसामा कैयौं तमिल नागरिक मारिएको विरोधमा उनीहरुले यस्तो गरेका थिए । तर जेनेलिया त्यतिबेला रितेश देशमुखसँग अवार्ड कार्यक्रममा गएपछि उनको फिल्मकै विरोध भएको थियो । जेनेलियाले अहिले रितेशसँग बिहे गरिसकेकी छिन् ।

श्रोत डिसी नेपाल

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१